site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
११ वर्षपछि उत्तर कोरिया र दक्षिण कोरिया ऐतिहासिक बैठक बस्दै
Sarbottam CementSarbottam Cement

बीबीसी । उत्तर कोरिया र दक्षिण कोरियाका प्रमुखबीच तय भएको ऐतिहासिक बैठकको मिति सार्वजानिक गरिएको छ । उत्तर कोरियाली नेता किम जोङ र दक्षिणका राष्ट्रपति मुन जे इनले ११ वर्षपछि पहिलो पटक आउँदो अप्रिल २७ मा सीमा क्षेत्रमा रहेको पान्मुन्जोम गाउँमा भेट गर्ने बताइएको छ ।

दुवै देशका अधिकारीहरुले सो घोषणा गर्नुअघि यसै बैठकको तयारीका गर्न छलफल कार्यक्रम आयोजना गरेका थिए । चिनियाँ राष्ट्रपति जिङपिङ र नेता किमबीच भएको भेटको एकदिनपछि नै सो मिति सार्वजानिक गरिएको हो । बेइजिङमा भएको छलफलमा किमले हतियार कार्यक्रम बन्द गर्ने प्रतिबद्धता व्यक्त गरेको चीनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैले पनि दक्षिण कोरिया यस ऐतिहासिक कार्यक्रमप्रति धेरै आशावादी रहेको बताइएको छ । 

यसअघि उत्तर कोरिया र दक्षिण कोरियाका नेताबीचको औपचारिक बैठक २००७ मा मात्र भएको थियो । त्यसबेलाका उत्तर कोरियाली नेता किम जोङ इलले कोरियाली राष्ट्रपति रोह मु ह्युनसँग राजधानी प्योङयोङमै भेट गरेका थिए । त्यो भन्दा अगाडि सन् २००० मा यसै प्रकारको भेटवार्ता भएपनि सफल हुन सकेको थिएन । त्यसैले कोरियाली युद्धपछि दुवै प्रमुखहरुबीच यो तेस्रो भेट हुने बताइएको छ । त्यसैगरी यस बैठकपछि दक्षिण कोरियामा पाइला टेक्ने किम पहिलो उत्तर कोरियाली नेता हुनेछन् ।

Global Ime bank

तर सो कार्यक्रमपूर्व दुवै देशका अधिकारी बीच फेरि पनि उच्च स्तरीय छलफल आवश्यक रहेको बताइएको छ । 

उता अचानक बेइजिङ भ्रमणमा गएर किमले दक्षिण कोरिया र अमेरिकालाई फेरि आश्चर्यमा पारेका छन् । चिनियाँ संचार माध्यमले जनाए अनुसार किमले दुवै मुलुकका प्रमुखसँग भेट गर्ने चाहाना व्यक्त गरेका छन् । महिनौँको गालीगलौज पश्चात् पनि ट्रम्पले एकैपटक किमसँग भेट गर्न सहमति जनाउनुले विश्वलाई नै आश्चर्यमा पारेको थियो ।

तरपनि ट्रम्प र किमबीचको सम्भावित वार्ता दक्षिण कोरियासँगको बैठकपछि मात्र सुनिश्चित हुन सक्ने अमेरिकी अधिकारीहरुको भनाइ छ । किनकी राष्ट्रपति मुनसँगको छलफलपछि मात्र अमेरिकाले किमको वास्तविक रणनीतिबारे संकेत पाउन सक्ने र वासिङटनलाई त्यसै अनुरुपको तयारी गर्न मद्दत  पुग्ने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १७, २०७४  ०५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC