site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बनाउन जान्ने तर बेच्न नजान्ने चलचित्र निर्माता
Sarbottam CementSarbottam Cement

काठमाडौं । २०७४ सालमा पनि विगतको जस्तै करिब एक सयवटा चलचित्र रिलिज भए । अझै केही चलचित्र रिलिज हुँदैछन् । ‘घामपानी’, ‘लभ लभ लभ’ र ‘राधे’ बाट चलचित्रको यो वर्ष सुरु भएको थियो । 

आधाभन्दा धेरै चलचित्र कहिले हलमा प्रवेश गरे र कहिले बाहिरिए । वितरक र ‘प्रोडुसर’लाई बाहेक अरुलाई थाहै भएन । न त्यस्ता चलचित्रले बजारमा आफ्नो प्रचार गर्छन्, नत डिजिटल माध्यममा नै । हल पस्न र निस्किन बेर नलगाउने चलचित्रले व्यापार पनि खासै गरेनन् । 

केही चलचित्रले राम्रै व्यापार गरे पनि अधिकांशले यो वर्ष पनि घाटा नै बेहोरे । ‘छक्का पञ्जा–२’, ‘म यस्तो गीत गाउँछु’, ‘प्रेमगीत–२’, ‘ए मेरो हजुर–२’, ‘२–रुपैयाँ’ ले राम्रै कलेक्सन गरे । चलचित्र चलचित्र ‘कृ’, ‘कान्छी’, ‘मंगलम’, ‘घामपानी’, ‘धनपति’, ‘फाटेको जुत्ता’ ले पनि लगानी उठाए । अहिले प्रदर्शन भइरहेको ‘शत्रु गते’ ले पनि सुखद् ओपनिङ गरिरहेको छ । यी बाहेकका अधिकांश चलचित्रलाई ०७४ फापेन । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा बर्सेनि सयभन्दा धेरै चलचित्र रिलिज हुन्छन् । केहीले नाफा कमाए पनि अधिकांश घाटामा जान्छन् । चलचित्र विकास बोर्डको तथ्यांक हेर्ने हो भने रिलिज भएका ५ प्रतिशत चलचित्रले नाफा कमाउँछन्, बाँकी चलचित्रमध्ये करिब ७–१० प्रतिशतले लगानी उठाउँछन्, बाँकी घाटामा जान्छन् । 

किन भन्ने प्रश्नको जवाफ निर्देशक तथा निर्माताहरु नै दिन सक्तैनन् । अधिकांश निर्देशक तथा निर्माताहरु भन्छन्, –कस्तो चलचित्र चल्छ भनेर भन्नै सकिँदैन । 

Global Ime bank

चलचित्र निर्माता माधव वाग्ले भन्छन्, “लुट दर्शकले मन पराएपछि त्यस्तै खालको ‘छड्के’ बनाएँ । तर त्यो चलचित्र चलेन । त्यसैले यस्तै चलचित्र चल्छ भनेर भन्नै सकिँदैन ।”

चलचित्र निर्माणमा अनुभवी मानिएका अर्का चलचित्र निर्माता अर्जुन कुमार पनि चलचित्रको बजारलाई पूर्वानुमान लगाउन नसकिने बताउँछन् । “हलिउड होस् या बलिउड, कतैका पनि चलचित्र कुनलाई दर्शकले मन पराउँछन् भनेर भन्न सकिँदैन,” अर्जुनकुमार भन्छन्, “कसैले यो चलचित्र चल्छ भनेर भन्छ भने त्यो अनुमान र दाबीमात्रै हो । विश्वभर रुचाइएका अभिनेता तथा अभिनेत्रीका चलचित्र पनि बजारमा नगएसम्म चल्छ भनेर अनुमान गर्न सकिँदैन ।”

‘नाइँ नभन्नु ल’ को ५ वटासम्म सिक्वेल निर्माण गरिसकेका चलचित्र निर्माता, निर्देशक तथा लेखकसमेत रहेका विकास आचार्य त चलचित्रको बजारलाई जुवासँग तुलना गरे पनि फरक नपर्ने बताउँछन् । “चलचित्र जुवा भनेर भन्न त मिल्दैन होला, तर यसमा गरेको लगानी भने सुरक्षित हुन्छ या हुँदैन, काम गरेकै भरमा गर्न नसकिने भएकाले जुवा जस्तै भने हुन्छ ।”

अहिले १४० भन्दा धेरै हलमा लागिरहेको चलचित्र ‘शत्रु गते’ का निर्देशक प्रदीप भट्टराईले गतवर्ष चलचित्र ‘जात्रा’ निर्माण गरेर राम्रै्र व्यापार गरे । अहिले उनले निर्देशन गरेको चलचित्र ‘शत्रु गते’ ले पनि राम्रै व्यापार गरिरहेको छ । निर्देशक भट्टराई चलचित्र प्रचारका लागि पैसामात्रै नभएर नयाँ ‘आइडिया’ पनि आवश्यक रहेको बताउँछन् ।

“विदेशको कुरा गर्ने हो भने त्यहाँ चलचित्र प्रोमोशन नयाँ तरिकाले गरिन्छ । यसका लागि छुट्टै टिम नै हुन्छ,” उनी भन्छन्, “तर हाम्रोमा चलचित्र लेख्ने, निर्देशन गर्ने, प्रचार गर्ने र हलमा चलाउने व्यक्ति एउटै हुन्छ । यो अवस्थाबाट नेपाली चलचित्र माथि उठ्नुपर्छ ।” कतिपय राम्रा चलचित्र पनि प्रचारप्रसारको अभावमा दर्शकले थाहै नपाउने गरेको उनी बताउँछन् । 

चलचित्र निर्देशक तुलसी घिमिरे पनि नेपाली चलचित्रको कलेक्सन राम्रो नहुनुमा ‘पब्लिसिटी’ मा ढङ्ग नपुग्नु नै ठान्छन् । “हामी राम्रो चलचित्र बनाएर पनि बेच्न सकिरहेका छैनौं । व्यापारिक घरानाहरुले जसरी आफ्नो वस्तुको विज्ञापन गरेर बेच्छन्, त्यो चलचित्रमा पनि हुनुपर्छ,” निर्देशक घिमिरे भन्छन्, “चलचित्र सिर्जना हो चाउचाउ बेचेजस्तो नहोला तर प्रचारप्रसार गर्न जान्ने व्यक्तिले चलचित्र प्रचारको डिजाइन गर्ने हो भने पछिल्लो समय राम्रा चलचित्र बन्न थालेका छन् । राम्रा चलचित्रले राम्र्र्रै व्यापार पनि गर्ने थिए ।”

चलचित्र निर्माणसँगै त्यसको प्रभावकारी प्रचारको आवश्यकता औंल्याइरहेका बेला पछिल्लो समय चलचित्र निर्माताहरु चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा कलाकार लिएर मोफसल जाने गरेका छन् । 

अघिल्लो हप्ता ‘शत्रु गते’ को कलाकारसहितको टोली मोफसलमा मुख्य ठाउँमा पुगेको थियो । चैत ३० गते प्रदर्शन हुने चलचित्र ‘लिलिबिली’ को निर्माण पक्ष नायक प्रदीप खड्का र जसिता गुरुङलाई लिएर काठमाडौं बाहिरका मुख्य सहर घुमिरहेको छ ।  
    
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १५, २०७४  ०९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC