site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा नेपाली महोत्सव हुने भएको छ । 

नेपाली नयाँ वर्ष २०७५ को अवसर पारेर गैरआवासीय नेपाली संघ, पोर्चुगलको आयोजनामा पहिलोपटक पोर्चुगलमा नेपाली महोत्सव हुने भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

राजधानी लिस्बनस्थित मार्तिम मुनिज पार्कमा संघले यही १५ अप्रिलमा नेपाली महोत्सव गर्न लागेको हो । प्रवासमा नेपाली कला र लोक संस्कृतिको संरक्षण, संवद्र्धन, प्रवद्र्धन एवं नेपाली पर्यटनको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाली महोत्सव गर्न लागिएको संघका अध्यक्ष कुवेर कार्कीले राससलाई जानकारी दिए । 

नेपाली वाणिज्य दूतावासको संरक्षकत्व एवं नेपाली पर्यटन दूत, नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधि तथा पोर्चुगलमा क्रियाशील नेपाली संघ संस्थाको सहआयोजनामा नेपाली महोत्सव हुने भएको हो । 

Global Ime bank

महोत्सव गर्नका लागि यहाँको सरकारी निकायसँग स्वीकृति लिएर व्यापक तयारीमा लागिएको अध्यक्ष कार्कीले बताए । नेपाली महोत्सव हुने भएपछि यहाँका सरकारी निकायसमेत उत्साही भएका छन् । उनीहरुले महोत्सव सफल पार्न सबै खाले सहयोग गर्ने आश्वासनसमेत दिएका छन्– रासससँग कार्कीले भने । महोत्सवले नेपाली पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । 

महोत्सवमा नेपाली उत्पादन, हस्तकला, नेपाली खाना, नेपाली पोशाक, नेपाल झल्काउने तस्वीरलगायतका गरी १२ स्टल रहने संघले जनाएको छ । यस्तै, बुद्ध जन्मस्थल लुम्बिनी, सर्वोच्च शिखर सगरमाथालगायत नेपालको पर्यटकीयस्थलका विषयमा जानकारी दिन र प्रचारप्रसार गर्नका लागि छुट्टै स्टल राखिने अध्यक्ष कार्कीले बताए। 

एक दिने मेलामा नेपालको बारेमा जानकारी दिने, नेपाली कला, लोक संस्कृति र नेपाली पर्यटनको प्रचारप्रसार र प्रवद्र्धन गर्ने तथा नेपाली वेषभूषासहितको सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिने कार्यक्रम रहेको छ । यस्तै महोत्सवमा पोर्चुगलमा रहेका ख्याति प्राप्त नेपाली राष्ट्रिय कलाकारको विशेष सांस्कृतिक प्रस्तुति पनि रहनेछ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १३, २०७४  १०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC