site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
भव्य समारोहबीच ३९ औं ‘पाटा ट्राभल मार्ट-२०१६’ उद्घाटन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
इन्डोनेसिया (जकार्ता) भव्य समारोहबीच उद्घान भएको ३९ औं (प्यासिफिक एसिया ट्राभल्स एसोसिएसन) ‘पाटा ट्राभल मार्ट २०१६’ इन्डोनेसियाको राजधानी जकार्तामा बुुधबारबाट सुरु भएको छ । इन्डोनेसियाका उपराष्ट्रपति मोहम्मद जुुसुुफ कालाले ट्राभल मार्टको औपचारिक उद्घाटन गरेका हुुन् ।
१७ हजार बढी समुन्द्री टापु भएको इन्डोनेएसियाको राजधानी जकार्तामा तीन दिने पाटा ट्राभल मेला २०१६ सुरु भएको हो । मार्टमा नेपालसहित ६३ वटा मुलुकका पर्यटन व्यवसायी सहभागी छन् । 
पर्यटनमा दिगो विकासलाई अघि सारेर आयोजना गरिएको मेला विश्वकै चर्चित मध्ये एक भएको इन्डोनेएसियाका पर्यटन मन्त्री आरिफ यायाले बताए । 
उद्घाट सत्रमा बोल्दै यायाले भने, “यस्तो मेलाले इन्डोनेसियाको आन्तरिक पर्यटन वृद्धि हुनुका साथै बाह्य पर्यटकलाई आकर्षित गर्न सहयोग पु¥याउँछ ।”
१९९१ देखि विभिन्न मुलुकमा नियमित रुपमा आयोजना भइरहेको ट्राभल मार्टमा यस वर्ष नेपालबाट ११ कम्पनी तथा संस्थाले भाग लिएका छन् । ट्राभल मार्ट २०१६ मा पाटा नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डको सयुक्त आयोजनामा सुरु भएको कार्यक्रममा नेपाल वायु सेवा निगम, टाइगरल्यान्ड सफारी रिसोेर्ट, एक्सप्लोर हिमालया ट्राभल एण्ड एडभेन्चर, नेपाल इजी ट्राभल, टीडब्ल्यूएक्स, लाङटाङ रि ट्रेकिङ एण्ड एक्सपिडिसन, सोल्टी होटल क्राउन प्लाजा, होटल मस्र्याङ्दी, हिमालयन गाईड नेपाल टे«क एन्ड एक्सपिडिसन प्रालि सहभागी भएका छन् । 
मार्टमा विभिन्न पर्यटकिय गन्तव्य खरिद गर्न २ सय ६० क्रेता र २ सय २० वटा बिक्रेता सहभागी भएको आयोजक पाटा अन्तर्राष्ट्रियका अध्यक्ष एन्ड्रयु जोनेसले जानकारी दिए । 
कार्यक्रममा पर्यटन मन्त्री यायाले विश्वका प्रमुख मेलामध्ये पाचौं स्थानमा पर्ने पाटा ट्राभल मार्ट आफ्नो मुलुकमा आयोजना हुँदा देश आर्थिक रुपमा पनि अघि बढ्ने बताए । त्यसैगरी उनले नेपालसहित १ सय ६९ मुलुकलाई अनएराइभल भिसा उपलब्ध गराएको बताए । 
सेवा तथा गन्तव्यको प्रवद्र्धनमा विश्वभरका पर्यटन व्यवसायी तथा संघसंस्थाले पाटा ट्राभल मार्टलाई उपयोग गर्र्दै आएका छन् । विश्वभरका पर्यटन व्यवसायीले उच्च गुणस्तरीय पर्यटकीय सेवाका लागि पाटा ट्राभल मार्ट उपयुक्त माध्यम रहेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले जानकारी दिए । 
६३ मुलुकबाट १ हजार २ सय ८४ प्रतिनिधि सहभागी छन् । यसमध्ये १ सयभन्दा बढी संचारमाध्यमका प्रतिनिधिले भाग लिएको आयोजकले जानकारी दिएको छ । 
नेपालबाट टाभल मार्टमा प्रतिनिधित्व गरिरहेका नेपाली संघसंस्था तथा कम्पनीका प्रतिनिधिले मार्ट नेपाली पर्यटकीय सेवा तथा गन्तब्यको प्रवद्र्धनका लागि उपयुक्त माध्यम भएको बताएका छन् । “यो एउटा विजनेस टुु विजनेस –बीटुबी मोडलको मेला आयोजना भएको” पाटा नेपालमा अध्यक्ष सुमन पाण्डेले भने, “मेलामा क्रेता र बिक्रेताको जमघट हुन्छ ।” 
पाटा नेपाल च्याप्टरका कार्यकारी अधिकृत सुरेश सिंह बुडालले ट्राभल मार्ट उच्च स्तरिय क्रेता र बित्रेताहरुबीच व्यापार आदान प्रदान हुनुका साथै अन्तर्राष्ट्रिय मिडियाहरुको जमघट समेत हुने भएकाल गन्तव्य प्रवद्र्धनको उपयुक्त माध्यम रहेको बताए ।
यस प्रकारको मेलाले नेपाल जस्ता मुलुकलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा स्थापित गराउन मद्दत पूग्ने पाटा नेपाल वायुुसेवा निगमका प्रवक्ता रामहरि शर्माले बताए । नेपाल वायुसेवा निगमले आफ्नो सेवासँगै नेपालको पनि प्रवद्र्धन गरिरहेको शर्माले जानकारी दिए । 
पाटा नेपाल च्याप्टरले नेपाली पर्यटन व्यवसायीलाई आफ्ना उत्पादन तथा  सेवाको प्रवद्र्धनका लागि हरेक वर्ष यस प्रकारको सुविधा उपलब्ल गराइरहेको अध्यक्ष पाण्डेको भनाइ छ । पाटा नेपाल च्याप्टरमा २६ वटा होटल, ६ एयरलाइन्स, ६६ ट्राभल एजेन्सी, २८ ट्रेकिङ कम्पनी, ८ वटा शैक्षिक संस्थाहरु आवद्ध छन् । 
ट्राभल मार्टमा राखिएका विभिन्न मुलुकका पेभिलियनमध्ये नेपालको पेभिलियनमा दर्शकको आकर्षण देखिन्छ । खासगरी परम्परागत प्यागोडा शैलीमा सजाइएको नेपाली पेभिलियनमा सगरमाथा, पुशपतिनाथ मन्दिरलगायत नेपाली पर्यटनका विविध उत्पादनलाई सजाइएको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७३  १७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC