site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
शीर्ष वरियतामा फेडेरर र हालेप मियामी ओपनबाट बाहिरिए
Sarbottam CementSarbottam Cement

एजेन्सी । विश्व नम्बर एक स्विस खेलाडी रोजर फेडेरर मायामी ओपन टेनिसको तेस्रो चरणबाट बाहिरिएका छन् । आइतबार भएको खेलमा फ्रान्सका तानासी कोकिनकिससँग पराजित हुँदै फेडेरर प्रतियोगिताबाट बाहिरिएका हुन् ।

फ्लोरिडामा भएको खेलमा फेडेरर कोकिनकिससँग ३ – ६, ६ – ३ र ७ – ६ (७ – ४) ले  पराजित भए । यो हारसँगै कीर्तिमानी २० औं पटकको ग्राण्डस्लाम च्याम्पियन फेडेररले विश्व नम्बर एक वरियता गुमाउने पक्का भएको छ । शीर्ष वरियतामा राफेल नाडालले फेडेररलाई रिप्लेस गर्ने छन् । यस्तै फेडेररले यो पटकको फ्रेन्च ओपन टेनिस नखेल्ने भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

महिलातर्फ विश्व नम्बर एक रोमानियाकी सिमोना हालेप पनि मायामी ओपन टेनिसको तेस्रो चरणबाट बाहिरिएकी छिन् । तेस्रो चरणको खेलमा पोल्याण्डकी अजनिस्का राडवान्स्कासँग पराजित हुँदै हालेप प्रतियोगिताबाट बाहिरिएकी हुन् । ३२ औं बरियताकी राडवान्स्काले हालेपलाई ३ – ६ , ६ – २ र ६ – ३ ले पराजित गरिन् ।

मियामी ओपन अन्तर्गत नै जर्मन एन्जलिक  केर्बरले चौथो चरणमा स्थान बनाएकी छिन् ।  केर्बरले रुसकी अनास्टासिया पाभ्लुएचेन्कोभालाई ६ – ४ र ६ – ४ को सेटमा पराजित गरेकी हुन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ११, २०७४  ०७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC