site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
देउवा र पौडेलबीचको सम्बन्ध हार्दिक बनाउन केन्द्रीय सदस्यहरुको जोड, नरहरी आचार्य भन्छन् कांग्रेस अब पुरानै ढर्रामा अल्मिलिनुहुँदैन
Ghorahi CementGhorahi Cement

काठमाडौं । निर्वाचनमा व्यहोर्नु परेको हारको समीक्षा गर्न बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शनिबार पनि जारी छ । केन्द्रीय कार्यसमिति बैठकमा दोस्रो दिनको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले तत्कालका सन्दर्भ मात्रै नभएर पृष्ठभूमीदेखि नै समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । 

केन्द्रीय सदस्यहरुले आगामी दिनमा पार्टीलाई व्यवस्थित गरेर लैजान केन्द्रीय कार्यसमितिले बैठकले निश्चित कार्यक्रमहरु पारित गरिन पर्नेमा जोड दिएका छन् । उनीहरुले चुनावमा बेहोर्नुपरेको हार, कांग्रेसमा भएका कमी–कमजोरी लगायतका विषयमा गहिरोसँग छलफल गरेर कांग्रेसलाई एकतावद्ध बनाएर लैजानुपर्ने धारणा राखेका छन् । 

‘‘बैठकमा समग्र समीक्षा गर्दै गर्दा तत्कालका सन्दर्भ मात्रै नभएर पृष्ठभूमीदेखि नै गर्नुपर्छ भन्ने अभिव्यक्तिहरु आएका छन्’’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘‘आगामी दिनमा पार्टीलाई व्यवस्थित गरेर लैजान निश्चित कार्यक्रमहरु पारित गरेर जानुपर्छ भन्ने धारणा आएको छ ।’’ 

Agni Group

‘कांग्रेसमा कतिवर्ष काम गरे पछि के अवसर पाउँछ ?’

कांग्रेस सदस्य नविन्द्रराज जोशीले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चिसिएको सम्बन्धले पार्टीको हित नहुने बताएका छन् । कांग्रेसलाई सुदृढ गर्नका लागि सभापति देउवा र वरिष्ठ नेता पौडेलबीचको सम्बन्ध हार्दिकताको हुनुपर्नेमा जोड दिएका छन् ।  

Global Ime bank

‘‘कांग्रेस र नागरिकबीचको सम्बन्धलाई व्यवस्थित गर्नतर्फ लाग्दा सभापति र वरिष्ठ नेताबीचको सम्बन्ध हार्दिक भएन भने त्यसले कति राम्रो होला ?’’ केन्द्रीय सदस्य जोशीले बैठकमा प्रश्न राखे । 

उनले कांग्रेसका शीर्ष नेताहरुको बीचमा निरन्तरर छलफल र बहस हुनुपर्नेमा जोड दिए । ‘‘कुैन पनि मुद्दामा निरन्तर छलफल भएर त्यसलाई तल्लो तहसम्म लाने व्यवस्था पनि कांग्रेसले सुरु गर्नुपर्दछ,’’ केन्द्रीय सदस्य जोशीले भने । 

लोकमान प्रकरण, प्रधानन्यायाधिश प्रकरण, ईयुको हस्तक्षेपकारी भूमिका आदिको नामै लिएर उनले अगामी दिनमा कांग्रेसले समसामयिक मुद्दाहरुलाई तत्काल सम्बोधन गने परिपार्टीको सुरुवात गर्नुपर्ने पनि बताए । 

केन्द्रीय सदस्य जोशीले गाउँगाउँमा बसेर काम गर्ने कार्यकर्तालाई प्रश्रय दिएर अवसर प्रदान गर्नुपर्ने खाँचो औल्याए । कांग्रेसमा सधैँ अवसर पाइरहने र कहिल्यै अवसर नपाउने बीचको खाडल पुरिनुपर्ने भन्दै उनले प्रश्न गरे, ‘‘नेपाली कांग्रेसमा कति वर्ष काम गरे पछि के चाहीँ अवसर पाउँछ ?’’ 

कांग्रेसमा लागेका हरेक नेता–कार्यकर्ताहरुलाई अवसरको सुनिश्चितताको अनुभूति गर्ने नीति पार्टीले ल्याउनुपर्ने उनको भनाई छ । सबै नेता–कार्यकर्ताहरु मिलेर अगाडि बढे कांग्रेसमा कुनै जटिलता नभएको दावी गर्दै नेता जोशीले विगतमा गौरवशाली परम्परा कायम गरेको पार्टीलाई भविश्यमा पनि गौरवशाली बनाउन कांग्रेसले आफूलाई विधि र प्रक्रियामा चल्ने पार्टीका रुपमा प्रस्तुत गर्नुपर्ने जिकिर गरे । 

‘‘त्यसका लागि नेपाली कांग्रेसले भ्रष्टाचार विरोधी पारदर्शी पार्टीका रुपमा प्रस्तुत गर्नुपर्दछ’’, उनले थपे, ‘‘कार्यकर्ताहरुका बीचमा रहेका मनमुटावहरु हटाएर एकतावद्ध भएर जाने वातावरण नेतृत्वले निर्माण गर्नु पर्दछ ।’’

२६ महिनापछि नरहरि आचार्य केन्द्रीय समिति बैठकमा 
 

मस्तिष्क पक्षघातका कारण लामो समयसम्म उपचारमा रहेका कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्य लामो समयपछि पार्टी केन्द्रीय कार्यालयमा बसेको समीक्षा बैठकमा सहभागि भएका छन् । उनी २६ महिनापछि पहिलो पटक (मस्तिष्क पक्षघात भएपछि) पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित भएका हुन् । 

नेता आचार्यले आफूलाई कांग्रेसको सदस्यको जिम्मेवारी बोध भएर नै समीक्षा बैठकमा उपस्थित भएको प्रतिक्रिया दिए । ‘‘पार्टीले चुनावको समीक्षा गर्दै गर्दा मलाई पनि जिम्मेवारी बोध भएको छ । पहिले बिरामीको मात्रै बोध हुन्थ्यो, अहिले  बिरामीभन्दा पार्टीको सदस्यको जिम्मेवारी बोध भएको छ,’’ उनले भने । 

तत्कालिन पार्टी सभापति सुशील कोइरालाको निधन भएको दिन २०७२ फागुन २६ गते कांग्रेस केन्द्रीय सदस्य आचार्यलाई मस्तिष्क पक्षघात भएको थियो । बैठकबाट बाहिरिने क्रममा नेता आचार्यले जारी केन्द्रीय समिति बैठकले लिने निर्णयले पार्टी सुदृढिकरणका लागि सकारात्मक योगदान दिने अपेक्षा गरे ।  

‘‘कांग्रेस पराजयको स्थितिमा सबै नेताहरु गम्भीर भएको पाएको पाएको छु’’, आचार्यले सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा भने ‘‘बैठकले मात्रै सबै कुरोको निर्धारण गर्न भ्याउँदैन होला तर यसले पनि लिने निर्णयले केही मात्रामा सकारात्मक योगदान दिनेछ ।’’

यस्तो मन्तव्य राखे नेता आचार्यले   

आदरणीय सभापतिज्यू
महामन्त्री, कोषाध्यक्ष एवं सदस्य साथीहरु
नेपाली कांग्रेस, केन्द्रीय कार्यसमिति, सानेपा वीपी नगर

२०७४ चैत्र ९ गतेदेखि प्रारम्भ भएको बैठकमा प्रस्तुत
नेपाली कांग्रेसको यस कार्यसमितिको बैठक २०७४ को समग्र निर्वाचनको समीक्षा गर्न बसेको छ । नेपाली कांग्रेस कमजोर अवस्थामा आइपुगेको जनतमतले देखाएको छ । यसलाई सुधार गर्न हामी प्रत्येक सदस्य जिम्मेवार र भविश्यमुखी बन्नु पर्दछ । यतिखेर वस्तुपुरक र कठोर समीक्षा जरुरी छ । तर आरोप–प्रत्यारोपले मात्रै कांग्रेस माथि आइपरेका यस चुनौतीको सामना गर्न सकिन्न । 
कांग्रेसले आफ्ना राजीनतिक एजेण्डाहरु अझ स्पष्ट पार्नुपर्ने अवस्था हाम्रा अगाडि छन् । संघीय लोकतानित्रक गणराज्य नेपालको संविधान हामीले निर्माण ग¥यौं । तर तथतथतथसंविधान भित्रका सबै विषयमा हामीले हाम्रा नेता र कार्यकर्तालाई स्पष्ट बनाउन अझै सकेका छैनौं । कांग्रेसको नेतृत्वमा मुलुकमा ठूलो परिवर्तन भयो । तर आफैले गरेको परिवर्तन पछि के गर्ने भन्ने दुविधा नेतृत्व तहमा देखिएको छ । 

१. निर्वाचनमा कांग्रेसको हार 

निर्वाचनमा कांग्रेसले राम्रो गर्न सकेन । प्रतिकूल परिस्थितिको सामना गर्न सक्ने संरचना बनाउन सकेनौं । चुनावको मुखमा पार्टी एकता गरेर जाने बाम गठबन्धनको निर्णयलाई हामीले पनि अवसरका रुपमा लिएर रणनीति बनाउनु पथ्र्यो । वाम गठबन्धनको रणनीतिलाई चिर्न सकेनौं । हामीले लोकतानित्रक गठबन्धन भने पनि कांग्रेस एक्लै भयो । त्यसैले कांग्रेस दोस्रो पार्टी हुनु स्वाभाविकै थियो । 

२. कांग्रेस पुरानै ढर्रामा 

कांग्रेस अब पुरानै ढर्रामा अल्मिलिनु हुँदैन । केन्द्रीय कार्य समितिमा नयाँ साथीहरु आइपुग्नु भएको छ । ती साथीहरुले तत्काल चुनावको सन्दर्भमा मात्रै भन्दा पनि दीर्घकालिन रुपमा विषयलाई हेरेर कार्ययोजना अघि बढाउनु पर्दछ । कांग्रेसले आफूलाई जिम्मेवार प्रतिपक्षको रुपमा उभ्याउनु पर्छ । सत्तापक्षका गल्ती कमजोरी केलाउनुका साथै आफै विकास र समृद्धिका सकारात्मक एजेण्डा अघि ल्याउनु पर्छ । 

३. पार्टी संरचनालाई पूर्णता 

कांग्रेस पार्टी विधानले व्यवस्था गरेको संरचनालाई छिटो पूर्णता दिन अत्यन्तै जरुरी छ । पार्टी विधानले समय निर्धारण गरेर गर्ने भनिएका कामहरु पनि पूरा भएका छैनन् । वर्तमान संविधान अनुरुपको थप संघीय संरचनामा पार्टीलाई लैजान पर्नेछ । त्यसका निम्ति यस केन्द्रीय कार्यसमितिले कार्यतालिकानिर्माण गरेर अघि बढ्नु पर्दछ । 

४. संघीय गणतन्त्रको पूर्णता 

कांग्रेसले संघीय गणतन्त्रका बाँकी विषयलाई पूर्ण गराउँदै जानुपर्छ । संघीयताको मोटो खाका संविधानमा कोरिएको छ । बाँकी रहेका अन्य थप विषयमा कांग्रेसले बौद्धिक बहस चलाउनु पर्ने हुन्छ । तत्कालीन राजनीतिक आवश्यकताका कारणले मात्रै होइन, दस्र्घकालीन रुपमा आइपर्ने समस्या सुल्झाउन सक्ने किसिमबाट छलफल आवश्यक छ । 
एउटै बैठकमा सबै कुरा पुरा हुन सक्दैनन् । कामहरु छिटोछिटो गर्दै जानु पर्दछ । विधानमा भनिएका कतिपय कुरा पुरा हुन बाकी छन्, तिनलाई पूर्णता दिदै जानु पर्दछ । पार्टीको विधान संशोधनमा जानुपर्ने अन्य थप विषयहरुमा छलफल गर्न तत्काल महासमितिको बैठक बोलाउने तयारी गर्नुपर्दछ । 
जय नेपाल !
तपाईको साथी 
नरहरि आचार्य    

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ११, २०७४  ०४:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC