site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
व्यापारिक युद्ध अघि बढाउँदै अमेरिकाद्वारा चीनमाथि नयाँ प्रतिबन्धको घोषणा 
Sarbottam CementSarbottam Cement

बीबीसी । अमेरिकाले चीनविरुद्धको प्रतिबन्ध अन्तर्गत चिनियाँ सामानमा ६० अर्ब डलरको शुल्क लगाउने र आफ्नो मुलुकमा चीनको लगानीलाई पनि सीमित गराउने निर्णय सुनाएको छ । चीनले वर्षौँदेखि गरिरहेको बौद्धिक सम्पतिको चोरीका विरुद्धमा अमेरिकाले सो कदम उठाएको बताएको छ ।

चिनियाँ अर्थव्यवस्थाको अन्यायपूर्ण चुनौतिसँग प्रतिस्पर्धा गर्नका लािग उचित कदम उठाउन जरुरी भइसकेको ह्वाइट हाउसले बताएको हो । उता चीनले भने कुनैपनि कदम उठाउनुअघि त्यसको परिणाम भोग्न तयार रहन अमेरिकालाई चेतावनी दिइसकेको छ । यसअघि ट्रम्प प्रशासनले स्टील र अल्मुनियम सहित अन्य थुप्रै विदेशी सामानको आयात शुल्क बढाउने घोषणा गरेको थियो । त्यसै समयदेखि अमेरिकाले विश्वमा नयाँ आर्थिक युद्धको सुरुवात गरेको बताइन्छ । यस फैसलापछि राष्ट्रपति ट्रम्पले अबबाट सबै देशहरुले अमेरिकी कम्पनीसँग बराबरीको शर्त राख्ने अपेक्षा गरेको बताएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यसरी चीनमाथि शुल्क लगाउने निर्णय सुनाउनुअघि गतवर्ष ट्रम्पले चिनियाँ नीतिको परीक्षण गर्न आदेश दिएका थिए । ‘३०१ इन्भेस्टिगेसन’ नाम दिइएको यस सर्वेक्षणका क्रममा चीनले थुप्रै अनुचित कार्य गर्दै आएको पत्ता लगाइएको थियो । चीनले विदेशी स्वामित्वमा प्रतिबन्ध लगाउने गरेकाले कम्पनीहरु प्रविधि हस्तान्तरण गर्न बाध्य हुने गरेको पत्ता लागेको छ । त्यसैगरी चीनले अमेरिकी कम्पनीहरुसमक्ष अनुचित शर्त राख्ने गरेको, रणनीतिक हिसाबले ठूल्ठूला कम्पनीहरुको लगानीमा बाधा पुर्याउने गरेको र साइबर हमला जस्ता छलपूर्ण कार्य गर्ने गरेको प्रमाण पनि अनुसन्धानका क्रममा भेटिएको थियो ।

त्यसकारण ह्वाइट हाउसले १००० भन्दा बढी उत्पादनहरुमाथि उच्च शुल्क लागू गराइने सूची तयार पारेको बताएको छ । यसले पनि काम नगरेमा अमेरिकाले अन्तर्राष्ट्रिय व्यापार संगठनमा चीनको अनुचित कारोबार सम्बन्धी गुनासो गर्ने बताएको हो । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजरले बताए अनुसार आर्थिक भविष्यलाई सुरक्षित राख्न अमेरिकी बौद्धिक सम्पतिहरु जोगाउनु अत्यन्तै आवश्यक छ ।

Global Ime bank

त्यसैले अमेरिकी ग्राहकमाथिको दबाब हटाउन चीनमाथि थप कारबाही गर्नैपर्ने उनले बताए । उता चीनले भने व्यापारिक युद्धमा कसैको जित नहुने भएकाले शान्तिले काम गर्न संकेत गरेको थियो । तरपनि चीनको हित र मान्य अधिकारीलाई नोक्सान पुर्याएमा भने चुप लागेर नबस्ने र त्यसको कडा प्रतिउत्तर दिने चीनले धम्की दिइसकेको छ । वास्तवमा चीनले प्राविधिक खोजलाई अघि बढाएर त्यसलाई सैन्य हमलाका लागि प्रयोग गर्न सक्ने कुराले अमेरिका बढी चिन्तित रहेको बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ११, २०७४  ०५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC