site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । बेइजिङस्थित नेपाली राजदूतावासले शुक्रबार नेपालमा जलविद्युत् आयोजनामा लगानीका अवसर विषयक कार्यशाला आयोजना गर्यो ।  

चीनका लगानीकर्ता र नेपालका जलविद्युत् उत्पादक कम्पनी तथा चिनियाँ सञ्चारकर्मीका साथै दुवै देशका उच्च सरकारी अधिकारीको सहभागितामा भएको उक्त कार्यशालामा चीनका लागि नेपालका राजदूत लीलामणि पौड्यालले तीनवटै तहका निर्वाचन सम्पन्न भएपछि नेपालमा राजनीतिक स्थायित्व र सुशासनको युग प्रारम्भ भएको बताउँदै ढुक्क भएर लगानी गर्न चिनियाँ उद्यमीहरुलाई आग्रह गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल सरकारले उद्योग र लगानी मैत्री नीति अवलम्बन गरेको जानकारी दिँदै उनले नेपालका उपलब्ध अवसरको भरपूर उपयोग गर्न आग्रह गरेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । 

कार्यशालामा जलविद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीलाई सुदृढ तुल्याउन भएका कानुनी व्यवस्था, लगानीको स्वरुप, स्रोत र साधनको परिचालन, लगानीका प्रक्रियागत एवं कानुनी प्रावधानबारे विस्तृतरुपमा जानकारी दिइएको थियो । 

Global Ime bank

कार्यशालामा नियोग उपप्रमुख सुशीलकुमार लम्सालले नेपालका जलविद्युत् परियोजना आकर्षक एवं लाभदायी क्षेत्रकारुपमा रहेको जानकारी दिँदै चिनियाँ लगानी प्रवद्र्धनमा राजदूतावासले सहजकर्ताको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १०, २०७४  १४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC