साहित्य
काठमाडौं । चलचित्र ‘नाईं नभन्नु ल–५’ को शनिबार शुभारम्भ पूजा गरिएको छ । मैतीदेवी मन्दिरमा निर्माण टिम र कलाकारको उपस्थितिमा शुभारम्भ पूजजा गरिएको निर्देशक विकास आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार चैत १२ गतेबाट छायांकन सुरु हुनेछ । ‘नाईं नभन्नु ल –५’ मा अभिनेत्री प्रियंका कार्की, दिलिप रायमाझी, केकी अधिकारी, बाल कलाकार अनुभव रेग्मी, स्वस्तिमा खड्का, बुद्धि तामाङ, जयनन्द लामा, उत्तम केसी पनि फिल्ममा लिड रोलमा अनुवन्धित भएका छन् ।
केकी अधिकारीको नाम भने यस अगाडि सार्वजनिक गरिएको थिएन ।
सामिप्यराज तिमिल्सिना र विकास आचार्यको कथा, पटकथा तथा संवाद रहेको चलचित्र २०७५ भदौ ८ गते चलचित्र प्रदर्शन हुने आचार्यले बताए ।
प्रकाशित मिति: शनिबार, चैत १०, २०७४ १४:५१
प्रतिक्रिया दिनुहोस्