काठमाडौं । नेपाल पर्यटन बोर्डले चैत ८–१०, २०७४मा ढाका ट्राभल मार्टमा सहभागिता जनाएको छ । मार्टको उद्घाटन समारोहमा बोल्दै बंगलादेशी पर्यटन मन्त्री शाहजहान कमालले विमान दुर्घटनापछिको अवस्थामा नेपालले गरेको सहयोगप्रति आभार ब्यक्त गरे । मन्त्री कमालले अब सहयोग गर्ने पालो बंगलादेशको भएको र दुई देशको पर्यटन विकासका लागि यो मार्ट राम्रो माध्यम भएको बताए ।
बंगलादेश मनिटरको आयोजनामा भएको यस मार्टमा पाँच पेभेलिएनमा ६० स्टल रहेका छन् । स्टलमा आउने बंगालीहरुका मुख्य प्रश्न भिषा, घुम्ने गन्तब्य, जाने मार्गका बारेमा बढी केन्द्रित थिए । उनीहरुलाई बोर्डले नेपालको विभिन्न सम्पदाका पोष्टर, नक्सा, कार्ड ड्राइभ लगाएतका सामग्री बाँडेको थियो ।
नेपाल पर्यटन बोर्डका साथमा साथ कम्पनीहरुः होटल अन्नपुर्ण, कुटी रिसोर्ट, बि लाइन ट्राभल्स, सराओगी ट्राभल्स, सिलिन्क ट्राभल्स, अलसिजन एडभेन्चर र रेगुलस ट्रेक्स सहभागी थिए ।