site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

ललितपुर । किसानले गुणस्तरीय बीउ मात्रै रोप्नुपर्छ भन्ने ज्ञान नहुँदा आलुबाट राम्रो आम्दानी लिन सकेका छैनन् । किसानमा आलुमा टुसा देख्नासाथ बीउ मानेर रोप्ने गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय आलु बाली अनुसन्धान कार्यक्रममा कार्यरत वैज्ञानिक सञ्जीव गौतमले बताए ।  

किसानले आफ्नो ठाउँ, हावापानी र मौसमअनुसारको आलुको जात खोजेर रोप्नुपर्छ भन्ने चेतना छैन । जानकारी भएका किसानले समेत बेवास्ता गर्दै आएका छन् । उहाँ भन्नुहुन्छ, “धेरै किसानमा आलुको जात भनेकै सेतो र रातो मात्रै भन्ने छ ।” बीउ राम्रो नहुँदा उत्पादन कम हुन्छ । भारतबाट सस्तो आलुको बीउ आउने हुँदा धेरै किसान त्यसैमा आकर्षित हुने गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

एउटै बीउ धेरै वर्षसम्म लगाउँदा पनि किसानले राम्रो आम्दानी लिन सक्दैनन् । नार्कले सिफारिश गरेको बीउ तीन÷चार पुस्तासम्म रोप्न सकिने वैज्ञानिक गौतमले बताए । उच्च पहाडभन्दा तराईका जिल्लामा चाँडो आलुको बीउ फेर्नु पर्छ । बीउ चक्र पूरा नहुँदा नार्कले उत्पादन गरेको बीउ सबै किसानलाई पर्याप्त हुँदैन । 

उनी भन्छन्, “सजिलै र सस्तो मूल्यमा भारतबाट बीउ पाइने हुँदा तराईका धेरै किसान उतैको बीउ रोप्छन् ।” पहाडमा भने आफुले भण्डारण गरेको बीउ किसानले धेरै वर्षसम्म रोप्ने गरेका छन् । 

Global Ime bank

आलु उत्पादनका हिसाबले दोस्रो र उत्पादकत्वका हिसाबले पहिलो बाली हो । हिमालदेखि तराईसम्मका अधिकांश जिल्लामा आलुखेती हुने गरेको छ । नेपालमा ठूलो संख्यामा व्यावसायिक रुपमा आलु खेती गर्ने किसान छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १०, २०७४  १४:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC