site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

बाबियाचौर । बेनी नगरपालिका–५ पुलाचौरमा रहेको स्वास्थ्य चौकीलाई स्थानीयले रु चार लाखभन्दा बढी मूल्य पर्ने जग्गा उपलब्ध गराएका छन् । स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीय पाँच जनाले रु। चार लाख पाँच हजार मूल्य बराबरको एक रोपनी ११ आना जग्गा उपलब्ध गराएका हुन् । 

यसैगरी थप एक रोपनी १४ आना तीन पैसा जग्गा खरिद गरिएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य रामप्रसाद सुवेदीले जानकारी दिए ।  

यामप्रसाद श्रेष्ठले आठ आना, ताराप्रसाद श्रेष्ठले चार आना, टेकप्रसाद श्रेष्ठले छ आना, रुपनारायण श्रेष्ठले सात आना र भगवती सुवेदीले दुई आना जग्गा उपलब्ध गराए । 
 
निःशुल्क प्राप्त भएको र खरिद गरिएको तीन रोपनी एक आना क्षेत्रफलको जग्गामा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले भवन निर्माणको काम सुरु गरेको छ । रु दुई करोड १० लाख लागत अनुमान गरिएको भवन निर्माणका लागि जुम्ली आचार्य तिलक जेभीले १६ प्रतिशत घटेर ठेक्का लिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १०, २०७४  १२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC