site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दाइ भन्नेलाई नाइ भनौं
Sarbottam CementSarbottam Cement

- एकतारे


वर्षौं भयो ट्विटरमा 'दाइ नभन्नू ल' भनेरै अभियान चलाएको, अहिलेसम्म दाइ भन्न छाडेका छैनन् । बरू भन्न नपर्नेहरूले समेत जिस्काएर दाइ भन्न थालेका छन् ।

बिहान भर्खर फेसबुकमा एउटा पोस्ट गरियो, "दाइ नभन्नू ल !"

Prabhu Bank
Agni Group
NIC Asia

"आफूभन्दा ठूलालाई दाइ नभने के भन्ने त ?"

"उमेरमा ठूलो हुँदैमा सबै दाइ हुन्छन् त ?"

Global Ime bank

"हो त, मेरो घरमा दाजु हुनुहुन्न ।"

"मैया ! घरमा पति पनि त हुनुहुन्न होला नि ।" 

यो पोस्ट पूरै पढिसकेपछि एकजना महिला मित्रको टिप्पणी आयो, "भन्ने त दाइ नै हो ।" 

"अरे ! दाइ किन भन्नु पऱ्यो ?"

"दाइ नभने के भन्ने त ?"

म बडो द्विविधामा परेँ । दाइ नभने के भन्ने त ? त्यही भएर मैले सोधें, "म कसरी तिम्रो दाइ भएँ ?"

उनले हाँसेरै टारिन्, जवाफ दिन सकिनन् ।

आउनुस्, कोही कसैको दाइ हुन के-के हुनुपर्छ विश्लेषण गरौं  ।

कोही कसैको दाइ हुन उसको बहिनी हुनुपर्छ । एक महिला, एक पुरुष दाजु-बहिनी हुनका लागि एउटै कोखबाट जन्म लिएको हुनुपर्छ । कोही-कोहीको आत्मीय सम्बन्ध यति गहिरो हुन्छ कि उनीहरूका लागि एउटै कोखबाट जन्मिनुपर्छ भन्ने बाध्यता रहन्न । तर, के यो देशमा सबै युवापुस्ता एउटै कोखबाट जन्मिएका हुन् त ? कसरी सबै केटाहरू दाजु, सबै केटीहरू दिदी वा बहिनी हुन सक्छन् ? अनि जैविक रूपमा सम्बन्ध नरहे पनि यो आत्मीय सम्बन्ध कतिको कतिसँग हुन सक्छ ? बाटोमा ठोक्किने, गाडीमा सँगै सिटमा पर्ने, पसलमा बस्ने, अफिसमा सँगै काम गर्ने यी जम्मै दाजु-बहिनी कसरी हुन सक्छन् ?

खासमा कुरा के हो भने- यो समाजमा महिला-पुरूषबीचको सम्बन्धलाई नैतिकताले यतिविघ्न बाँध्न खोजिएको छ कि प्रत्येक युवा-युवती एक-आपसमा दाजु-बहिनी नाता कायम गरेमात्र सम्बन्धको नैतिकता थाम्न सक्छन् । दाजु-बहिनी नभए त त्यो नातालाई सबैले कर्के नजरले हेर्दा रहेछन् ।

मोफसलको बैंकमा काम गर्ने एकजना महिला मित्रले बडो रमाइलो प्रसंग सुनाउनुभएको थियो । उहाँसँगै फ्ल्याटमा एकजोडी बस्दा रहेछन् । त्यो घरभरिमा उनीहरूले दाजु-बहिनी भएको परिचय दिएका रहेछन् । बहिनी सोही शहरमा र दाइचाहिँ अलि परको शहरमा काम गर्दा रहेछन् । बिदाको दिन दुवैको भेटघाट हुने रहेछ । रमाइलो के भने, उनीरूको डेरामा एउटामात्र खाट र ओछ्यान रहेछ । लुकाएर के लुक्थ्यो ! एकदिन ती बहिनी महोदया साथी काम गर्ने बैंकमा खाता खोल्न गइछन् । उनको आधिकारिक कागजपत्र हेर्दा साथी चकित परिछन् । नाम र थर नै फरक ! त्यसपछि हल्का अनुसन्धान गर्दा गुदी कुरो खुल्यो । खासमा ती प्रेमी जोडी रहेछन् र लिभिङ टुगेदरमा बस्दा रहेछन् । समाजको डर भनौं वा उनीहरूको इच्छाका कारण— प्रेमसम्बन्धलाई दाजु-बहिनीको आवरण दिएका रहेछन् । उनीहरू अहिले पनि त्यही घरमा त्यसैगरी बसिरहेका छन् । साथीलाई पनि त्यो कुराले फरक परेको छैन । 

अब भन्नेले भन्लान्, "दाइ–बहिनी हुँदा के खराबी छ ?"

खराबी केही छैन तर के यो चलन ठीक हो ? यदि कसैले 'म तिम्रो दाइ बन्न चाहन्नँ' भन्छ भने उसले यौनिक नजरले हेरेको ठहर गर्न पाइन्छ ?

अरे यार ! युवाहरूबीच मित्रता भन्ने पनि चिज हुन्छ । कार्यालयमा शुद्ध व्यावसायिक सम्बन्ध पनि हुन्छ । जहीँतहीँ नाता गाँस्दै सम्बन्ध घुसाउन किन पर्छ ? यो नाता गाँस्ने चलनका कारण कति मित्रता तुहिन्छन्, कति व्यावसायिक सम्बन्ध बन्नै पाउँदैनन् ।

मेरो कार्यालयमा यस्ता उदाहरण धेरै छन् । कति नबन्ने कामहरू गराउन महिला मित्रहरू दाइको नाता गाँस्दै आउँछन् । कथित बहिनीको काम गरिदिने कि नगर्ने ? यस्तो बाध्यतामा म थुप्रै पटक पेलिएको छु ।

देश बनेन भनेर धेरैको गुनासो छ । भनसुन, चाकरी, कृपावाद र नातावाद भएरै देश बन्न नसकेको अधिकांशको निष्कर्ष हुन्छ । यी सबै अवगुण कहाँबाट देशमा सरेका हुन् ? देश भनेको यही समाज होइन ? यही समाजमा अनावश्यक नाता गाँसेर कुरा अगाडि बढाउने चलन छ । कहीँ कतै कोहीसँग काम निकाल्न परे थर, जात, गोत्र, गाउँ, क्षेत्र हुँदै सम्पर्क स्थापना गर्ने प्रयास हुन्छन् । हो, यही कारणले हो दाजु-बहिनीको सम्बन्ध गाँस्ने चलन चलेको । हुँदाहुँदा बाटोमा गल्तीले कुम ठोक्किए पनि 'सरी दाइ' भन्दिन्छन् । मानौं त्यहाँ त्यो माफीभन्दा पनि दाइ बढी महत्त्वपूर्ण छ । चाकरीतन्त्रको यो रूपलाई हामी सबै मिलेर निर्मूल पार्नुपर्छ ।

कतिले मलाई सुझाव दिन्छन्, "अरे, दाइ भने के भो र यार ? यहाँ धेरै लभस्टोरी दाइ-बहिनीबाटै शुरू भएका छन् ।"

होलान् हौ, कतिका लभ यसैगरी परेका होलान् । तर, के तिनीहरूले पहिलोपटक आँखा जुधाउँदा सोचेका थिएनन् होला र तिनीहरूबीच प्रेमसम्बन्ध हुनेछ भनेर ? हरे शिव ! जब कोही मान्छेसँग लभ पर्ने सम्भावना छ भने दाइ वा बहिनी किन भन्नु परेको ? प्रेम गर्न समाजसँग त्यति धेरै डराउनुपर्छ र? 

दाजु-बहिनीको सम्बन्ध कति पवित्र छ । एउटै कोखबाट जन्मिएका दुई फरक लिंगका मान्छे, एउटै धरतीबाट फूलेका दुई फरक प्रजातिका फूल । कति सजिलै मान्छेहरू यो सम्बन्धलाई हलुका रूपमा लिन्छन् र सतही रूपमा एक-अर्कासँग गहिरो सम्बन्ध गाँसिदिन्छन् । मान्छेले भविष्य देख्न सक्दैन, भविष्यका अनेक सम्भावनाहरूलाई मारेर किन यस्ता सतही सम्भावना गाँस्छन् ?

एउटो साथीलाई आफ्नै साथीको बहिनी मन परेछ । तर, साथीको बहिनी त बहिनी भइहाली । शुरूवातै 'दाइ नमस्ते', 'बहिनी सञ्चै छ ?' बाट भएको, कसरी प्रेम व्यक्त गर्ने ? तर, समयसँगै साथीको घर जाने क्रममा दुवैको प्रेम झांगिदै गयो । तर, त्यो प्रेम सम्बन्धलाई सुरक्षित अवतरण गर्न शुरूवाती 'दाइ-बहिनी'को सम्बन्ध घाँडो भयो । धन्न ती दाजु-बहिनीले भाइटीका चाहिँ लगाएनछन् । नत्र कसरी मिलाउनू त्यो सम्बन्धलाई ?

दाइ नभने के भन्ने त ? 

मान्छेका नाम हुन्छन् हेर्नुस् । चिनेका मान्छेलाई नामअनुसार बोलाउन सकिन्छ । दाइ बनाउँदैमा कोही ठूलो भइहाल्ने हैन, न बहिनी बनेर सानो भइहाल्ने हुन् । चट्ट नामका पछाडि 'जी' जोडेर सम्बोधन गर्दा पनि सम्मान पुगेकै हुन्छ । ‘एकतारेजी’ भनेर कसैले मलाई बोलाउँछ भने पक्कै पनि म बेसी खुशी हुनेछु । यसरी बोलाउँदा उमेर फरक परेर गल्ती हुने सम्भावना पनि हुन्न । अनि परिचय नखुलेका मान्छेका लागि नेपाली संस्कृतिअनुसार विभिन्न सम्बोधन छँदैछन्— महोदय, महाशय, हजुर, सुन्नुस् त भनेर सम्बोधन गर्दा कसले अपमानित महसुस गर्लान् र ?

यो सब भनिरहँदा यो देशका केही दाइ भनाउँदाहरू याद आए, जसले आफ्नो नाममै दाइ झुन्ड्याएर हिँडेका छन् । कसैले दाइ मानोस्, नमानोस्– आफैं दाइ । यस्ता डमी दाइहरूले पनि हो यो बिग्रेको चलन ल्याएको । जसोगरी गाडीको सवारीचालक उसको खलासीका लागि मात्र गुरू हुन्, त्यसैगरी तिनी पनि तिनका भाइबहिनीका मात्र दाइ हुन् । नाममा दाइ राख्दैमा दाइ भइन्छ ? भो भनिन्न दाइ साइ ।

यति भन्दाभन्दै पनि दाइ नै भनिरहनेलाई के गर्ने त ?

अब, दाइ भन्नेलाई भन्नबाट रोक्न त सक्दिनँ तर आफूले बहिनी नभन्न त सकिन्छ नि । जबर्जस्ती नाता गाँस्नेहरूलाई सीधै बहिष्कार गर्नुपर्छ । सम्भावना सबै मारी दाइ भन्नेलाई नाइ भनौं । न दाइ भनिन्छ, न दाइ सुनिन्छ ।


(नोट: लेखक एकतारे अविवाहित हुन् । आफूलाई दाइ भन्नेहरूप्रति तीतो पोख्दै उनले हिजो शुक्रबारमात्रै 'दाइ नभन्नू ल' गीत सार्वजनिक गरेका छन्, जसमा कालीप्रसाद बाँस्कोटाको स्वर छ ।)

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १०, २०७४  ११:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC