site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
तीन पुस्ताको जमघट
Sarbottam CementSarbottam Cement

– नरेश फुयाँल


२०७४ को उत्तराद्र्धमा महजोडीसहितका केही हाँस्यकलाकारलाई बोकेर चलचित्र ‘शत्रु गते’ आयो । ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईको मात्रै नभई यसमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह)को ‘फेम’ले बराबर भूमिका खेलेको थियो । महजोडीको त्यही ‘लिगेसी’लाई बोकेर ‘शत्रु गते’ बनेको हो, चलचित्रको नामले नै धेरथोर त्यसलाई इंगित गर्छ । विवाहमा आउने तनावलाई बोकेर महजोडीले बनाएको ‘पन्ध्र गते’ टेलीसिरियलको आधुनिक स्वरूप ‘शत्रु गते’ हो ।

‘पन्ध्र गते’मा दुई पुस्ता थिए, ‘शत्रु गते’मा तीन पुस्ता छन् । पहिलो पुस्ताका महजोडीसँगै किरण केसी, राजाराम गौतम, रमेशरञ्जन झासँगै दोस्रो पुस्ताका दीपकराज गिरी, दीपाश्री निरौला र तेस्रो पुस्ताका प्रियंका कार्की, पल शाह, आँचल शर्मा यसमा अटाएका छन् । यसले पारिवारिक कथा भन्छ । दुई परिवारबीच जोडिन लागेको सम्बन्धमा आउने उतारचढावको कथाले नै चलचित्रलाई बाँध्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सुरेश (पल शाह) र सन्ध्या (आँचल शर्मा) प्रेम सम्बन्धमा हुन्छन् । उनीहरूको विवाहलाई परिवारले मूर्त रूप दिन खोजिरहेका बेला छिमेकीका रूपमा आइपुगेका खलपात्र राहुल (दीपकराज गिरी)ले गर्ने ‘यूट्युबे’ उट्पट्याङले कथाको गति समात्छ । नेपालमात्रै नभई विश्वभर ‘मोनिटाइजेसन’का नाममा ‘यूट्युब’मार्फत गरिने चर्तिकलालाई यसले राम्रै प्रतिनिधित्व गरेको छ ।

चलचित्रमा कथा नयाँ छैन । कलाकार नयाँ छैनन् । नेपाली चलचित्रहरूले वर्षौंदेखि भनिरहेकै कथा छ यसमा पनि । तर, निर्देशक भट्टराईले कथालाई भन्ने शैली भने केही फरक अपनाएका छन् । ‘जम्बो’ कलाकार टोलीलाई उनले सम्हालेर कथा भनेका छन् । फरक हो— यस्तो कथा कसैलाई जबर्जस्त लाग्छ, कसैलाई मध्यम । चलचित्र हेर्नु पनि वैयक्तिक कला हो ।

Global Ime bank

चलचित्र कथाभन्दा पनि अभिनयका दृष्टिले सशक्त छ । त्यसमा पनि रमेशरञ्जन झा अब्बल छन् । हरिवंश आचार्यको भूमिका सम्झनामा रहिरहनेछ । तर, ठाउँठाउँमा कथाले भन्दा पनि चरित्रले कथा मागेको देखिन्छ ।

चलचित्रको गतिलाई ब्याकग्राउन्ड म्युजिकले भने साथ दिँदैन । नेपाली चलचित्रमा अचेल ब्याकग्राउन्ड म्युजिकलाई अति नै महत्व दिन थालिएको छ । कथावस्तु र संवादलाई मिचेर जब ध्वनिको साथ लिन थालिन्छ, चलचित्र त्यहीँनेर चिप्लिन्छन् । सुजिल कर्माचार्य यहाँ ‘फ्लप’ भएका छन् । यसलाई छाड्ने हो भने सांगीतिक पक्ष सुन्दर छ । ‘पिरतीको बर्को’ र ‘रूपै मोहनी’ गीत कर्णप्रिय छन् ।

महजोडीका हरिवंशको भूमिका स्मरणीय हुँदाहुँदै अर्का जोडी मदनकृष्णको भूमिका चलचित्रमा ‘राख्नका लागि राखिएको’ भान हुन्छ । सम्भवतः मदनकृष्णको शारीरिक अस्वस्थताका कारण उनको भूमिकालाई त्यसरी प्रस्तुत गरिएको हुन सक्छ । तर, चलचित्रमा यस्ता ‘फर ग्य्रान्टेड’ भूमिकाले ‘भातमा ढुंगा’ लाग्छन् । पल शाहको भूमिकालाई चुस्त बनाउन निर्देशक चुकेका छन् । छिटोछिटो बोल्ने संवाद र कमजोर प्रस्तुतिले उनी कमजोर प्रेमी सावित भएका छन् । आँचलको अभिनय पनि मध्यम लाग्छ ।

सँगै दीपकराज गिरी, दीपाश्री निरौला र राजाराम पौडेलका संवादले चलचित्रले दर्शकलाई दुई घण्टा बाँध्छन् । पल र आँचलको प्रेम सम्बन्ध युवा दर्शकले आफ्नै अनुभूत गर्न सक्छन् । अर्को सुन्दर पक्ष भनेको— ससाना संवादले पनि हाँस्य पैदा गर्छन् । ‘सिच्वेसनल कमेडी’को विधामा यो चलचित्र आकर्षक लाग्छ ।

चलचित्रले पहाडी र मधेसी समुदायको कुरालाई गहिराइमा पुगेर नभने पनि त्यसलाई छुन भने खोजेको छ । यसको अर्थ ‘शत्रु गते’ले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि दिन खोजेको छ । तर, पनि चलचित्र मनोरञ्जनमै केन्द्रित छ । 

प्रदीप भट्टराईले यसअघि ‘जात्रा’ निर्देशन गरेर चलचित्रलाई सिर्जनात्मकता दिँदै व्यापारिक रूप दिन सक्ने सम्भावना देखाएका थिए । दोस्रो चलचित्रमा आइपुग्दा उनले पुरानो लयभन्दा केही फरक गर्न खोजेका छन् । उनले बजारको नाडी छामेर यो चलचित्र बनाएका छन् ।

बजारका लागि निर्देशक भट्टराई चुकेका छैनन् तर यही सूत्रमा रमाएको खण्डमा उनी पनि अहिलेका निर्देशकहरूकै भीडमा हराउनेछन् । ‘शत्रु गते’ले बजारको मन जिते पनि त्यसको जस भट्टराईभन्दा हरिवंशलाई जाने भने निश्चित छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १०, २०७४  ११:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC