site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

गाईघाट । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले दक्ष चिकित्सकको दरबन्दी रिक्त रहेका कारण प्रभावकारी सेवा दिन नसकेको जिल्ला अस्पताल उदयपुरलाई तत्काल चिकित्सकको दरबन्दी पूर्ति गरिने बताएका छन् ।  

शुक्रबार उदयपुर आइपुगेका उनलाई ५० श्ययाको जिल्ला अस्पताल उदयपुरमा १३ दक्ष चिकित्सकको दरबन्दी रहे पनि अहिले दुई मेडिकल अधिकृतबाट मात्र अस्पताल सञ्चालन भएको अस्पताल प्रशासनले जानकारी गराएपछि उनले अस्पतालमा डाक्टरको दरबन्दी पूर्ति गर्न आफूले तत्काल नै केन्द्र सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा विशाल देवले बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

अस्पतालमा नर्सको पनि दरबन्दी पूरा नभएको र औषधिको अभावका कारण अस्पतालले प्रभावकारी सेवा दिन नसकेको बताइएको छ । अस्पतालको अनुगमनपछि अस्पताल छाडेर अन्यत्र जाने र कर्तव्य पूरा नगर्ने डा वा कर्मचारीलाई तत्काल आफूहरुले कारबाही गर्ने चेतावनीसमेत मन्त्री घिमिरेले दिए ।  

जिल्ला अस्पतालमा लामो समयदेखि दरबन्दीअनुसारको चिकित्सक नभएको र हाल अस्पतालमा औषधिकोसमेत अभाव भएपछि अधिकांश जिल्लावासी उपचारका लागि दशौँ हजार खर्च गरेर विराटनगर, धरान, राजविराज र लहान जान बाध्य छन् । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १०, २०७४  १०:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC