site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

नुवाकोट । भूकम्पले आवासमा क्षति र त्यसपछिको सुक्खा पहिराले बस्ती बगाएपछि विस्थापित तादी–१ उर्लेनी काल्चेका मानिसहरु सुरक्षित स्थानमा आवास पुनःनिर्माण गर्न थालेका छन् । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपलब्ध गराएको रु दुई लाख लगानीमा तादी–३ खरानीटार बुदुनेमा घडेरी खरिद गरेका प्रभावितमध्ये २२ परिवारले एकीकृत बस्तीको जग बसालेका छन् । विसं २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका सुक्खा पहिराबाट विस्थापित जीवन बिताउँदै आएकाहरुलाई पुनःस्थापना गराउन अक्सफामसँगको साझेदारीमा सामुदायिक तथा ग्रामीण विकास समाज नेपाल (कार्डसन)ले आवास निर्माणमा प्राविधिक एवं आर्थिक सहयोग पुर्याउँदै आएको छ । काल्चेबाट विस्थापितहरुले आवास बनाइरहेको विस्थापितको समिति ‘बुदुने एकीकृत बस्ती विकास तथा विस्तार समिति’का अध्यक्ष नरबहादुर तामाङले बताए ।  

Agni Group

कार्डसनको सहयोगमा आवास निर्माणसम्बन्धी तालीम लिएका प्रभावित महिला र पुरुष सँगसँगै आवास निर्माण गर्न घडेरी खन्ने, इँटा बनाउने, गाह्रो लगाउने, आरो चलाउने, रड काट्ने तथा रिङ बनाउन व्यस्त छन् । कार्डसनको सहयोगमा आफ्नो घर आफैँ बनाउन थालेकाले एक महिनामा पूरा गर्ने लक्ष्य रहेको विस्थापित जीवन बिताउँदै आएका ६५ वर्षीय शेरबहादुर तामाङले भने ।  

काल्चेबाट विस्थापित ७३ परिवारमध्ये २९ परिवार बुदुनेमा नै घडेरी खरिद गरी घर बनाउने तयारीमा छन् भने २२ परिवारले सुरक्षित स्थानमा घडेरी नपाउँदा पुनःस्थापना अन्योल छ । नुवाकोटका विभिन्न स्थानबाट ३२४ परिवार पहिराको जोखिमले विस्थापित भए पनि अन्य स्थानका प्रभावितले पनि आवास बनाउन बाँकी नै छ ।  रासस 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १०, २०७४  ०९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC