site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बास्केटबल लिगमा आर्मी अपराजित
Ghorahi CementGhorahi Cement

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले  क्विक्स बास्केटबल लिगमा अपराजित यात्रा कायमै राखेको छ । शुक्रबार भएको खेलमा विशाल मिलन केन्द्रलाई पराजित गर्दै आर्मीले अपराजित यात्रा कायम राखेको हो ।

विशाल मिलन केन्द्रको घरेलु कोर्टमा भएको खेलमा आर्मीले घरेलु टोलीलाई १११ – ९२ अंकले पराजित गरेको हो । आर्मीको जितमा शदिस प्रधानले ३४ तथा रविन खत्रीले २३ अंक जोडे ।  लिगमा अपराजित रहेको आर्मीको यो १२ औं जित हो ।

Agni Group

लिगको प्ले अफमा स्थान बनाईसकेको आर्मीले १२ खेलबाट ३६ अंक जोडेको छ । पराजित विशालको १३ खेलबाट २४ अंक छ । विशालको पनि प्ले अफमा पुग्ने सम्भावना कायम रहेको छ ।

होम एण्ड अवे लिगको आधारमा जारी प्रतियोगिता अन्तर्गत नै शुक्रबार भएको अर्को खेलमा साउथ साईडर्सले जित निकालेको छ । साउथ साईडर्सले जेभियर्स इन्टरनेसनल कलेजलाई ६९ – ५७ अंकले पराजित गरेको हो  ।  साउथ साईडर्सको जितमा सन्जय बेन्जनकरले १८ अंक जोडे  ।

Global Ime bank

जितसँगै  प्ले अफबाट बाहिरीसकेको साउथ साईडर्सले १२ खेलबाट १२ अंक जोडेको छ । जेभियर्सको १३ खेलबाट ६ अंक छ । जेभियर्स लिगको पुछारमा रहेको छ ।

प्ले फर डीप्राइभ्ड चिल्ड्रेन नेपाल ९पिडिसिएन० को आयोजनामा जारी प्रतियोगिताको बिजेताले २ लाख प्राप्त गर्ने छन् । त्यस्तै उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।  यस्तै उत्कृष्ट खेलाडी, सर्वा्धिक स्कोरकर्ता, डिफेन्स, इमर्जीङ प्लेयर र प्रशिक्षकले स्पोर्ट्स क्लोथिङ कम्पनीबाट १० हजार बराबरको गिफ्ट प्राप्त गर्नेछन् ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०७४  १९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC