site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एसियन गेम्सको तयारीको लागि तेक्वान्दो खेलाडी छनोट
Sarbottam CementSarbottam Cement

काठमाडौं । इन्डोनेसियामा हुने १८ औँ एसियन गेम्सको तयारीका लागि नेपाली राष्ट्रिय तेक्वान्दो टोलीको छनोट गरिएको छ । नेपाल तेक्वान्दो संघले शुक्रबार सातदोबाटोस्थित संघको राष्ट्रिय प्रशिक्षण केन्द्रमा छनोट खेलको आयोजना गर्दै १० खेलाडी छनोट गरेको हो ।

एसियन गेम्सको तयारीको लागि संघले ग्यरोगीमा ८ तौल र पुम्सेतर्फ २ गरी कुल १० खेलाडी छनोट गरेको संघका केन्द्रिय सदस्य एवं प्रतियोगिता संयोजक बद्रीप्रसाद घिमिरेले जानकारी दिए । एसियन गेम्स इन्डोनेसियाको जकार्तामा अगस्ट १८ देखि २ सेप्टेम्बरसम्म आयोजना हुँदै छ ।  यो एसियन गेम्समा पुम्से विधा पनि समावेश हुने प्रतियोगिता संयोजक घिमिरेले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

छनोटबाट महिलाको ग्यरोगीतर्फ  ४९ केजीमुनि अस्मिता खड्का, ५३ केजीमुनिमा निमा गुरुङ र ६७ केजीमुनि संगिता बस्याल छानिएकी छिन् । पुरुषको ग्यरोगीमा ५८ केजीमा सागर गुभाजु, ६३ केजीमा बिरबहादुर महरा तथा ६८ केजीमा ज्ञानेन्द्र हमाल छनोट हुन सफल भए । बीरबहादुर गत सागको रजत पदक र पराजित निश्चलमान कांस्य पदक विजेता हुन् ।

पुरुषको ८० केजीमा सक्षम कार्की र ८७ केजीमाथि अनुज पुजारी छनोट भए । पुम्सेतर्फ महिलामा पार्वती गुरुङ तथा पुरुषमा कमल श्रेष्ठ छनोट भए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०७४  १९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC