site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
राष्ट्रिय स्केट बोर्डिङ पोखरामा हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । दोस्रो संकरणको राष्ट्रिय स्केट बोर्डिङ प्रतियोगिता पोखरामा आयोजना हुने भएको छ । नेपाल स्केटिङ एन्ड स्केट बोर्डिङ संघको आयोजनामा चैत १६ गतेदेखि प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा पुरुष र महिला गरी २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष अच्यूत खनालले जानकारी दिए । दुईदिने प्रतियोगिताका खेलहरु पोखरा रंगशाला हातामा रहेको अन्नपूर्ण स्केट पार्कमा हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो दिन क्वालिफाइङ राउन्ड हुनेछ । क्वालिफाइङ राउन्डमा शीर्ष २५ स्थानमा रहने पुरुष र महिला खेलाडीले दोस्रो  तथा अन्तिम दिन फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष र महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सयका दरले नगद पुरस्कार पाउने छन् । शीर्ष तीन स्थानमा रहने सबै खेलाडीलाई १५ हजार मूल्य बराबरको स्केट बोर्ड पनि प्रदान गरिने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख खर्च हुने अध्यक्ष खनालले जानकारी गराए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०७४  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC