site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं, रासस । विश्वव्यापी साहसिक पर्वतीय सम्मेलन तथा प्रदर्शनी ‘ग्लोबल एडभेन्चर ः माउन्टेनरिङ कन्फ्रेन्स एण्ड एक्स्पो–२०१८’ आजदेखि काठमाडौँमा शुरु भएको छ ।
नेपालको साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको सहकार्यमा हाउस अफ राजकर्णीकार नामक संस्थाले अन्तर्राष्ट्रियस्तरको सम्मेलन आयोजना गरेको हो ।
सम्मेलनको आज यहाँ आयोजित एक कार्यक्रमबीच नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले उद्घाटन गर्दै नेपालको साहसिक पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न सम्मेलन उपयोगी हुने बताए ।     अनुपम पर्यटकीय गन्तव्यको प्रवद्र्धन विकासका लागि बोर्डले अन्तर्राष्ट्रिय प्रचारप्रसारलाई तीव्रता दिने उल्लेख गरे । 
नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ र संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पाले पर्वतीय पर्यटन प्रवद्र्धनार्थ सम्मेलन सहयोगसिद्ध हुने बताए । विश्व पर्वतारोहण महासंघका उपाध्यक्ष पिटर फेर्कसले जलवायु परिवर्तनको जोखिमबाट हिमाली क्षेत्रलाई बचाउन र साहसिक पर्यटनबारे सकारात्मक सन्देश प्रभाव गर्न सबैको ध्यान जानुपर्ने खाँचो औँल्याए । 
आयोजक संस्थाका प्रबन्ध निर्देशक वीरेन्द्र राजकर्णीकारले नेपाललाई विश्वकै साहसिक केन्द्र ‘एडभेन्चर हब’ बनाउने उद्देश्यले आयोजित सम्मेलनले साहसिक पर्यटनलाई सवल, सक्षम र थप प्रभावकारी बनाउन कोशेढुंगासावित हुने बताए । 
तीनदिने सम्मेलनमा स्वदेशी तथा विदेशी गरी ४२ वक्ता र २५० जना पाहुना सहभागी छन् । सम्बन्धित क्षेत्रका विज्ञहरुको कार्यपत्र प्रस्तुति रहनेछ भने पर्वतीय पर्यटनको चुनौती, व्यावसायिक सम्भावना र आगामी रणनीतिबारे छलफल हुनेछ । झण्डै तीन हजार सर्वसाधारणले सम्मेलनको अवलोकन गर्ने प्रक्षेपण गरिएको छ ।
करिब १५० जना अन्तर्राष्ट्रिय बायर्स ९क्रेताको० उपस्थिति तथा वस्तु किन्ने वचनबद्धता रहेको आयोजक संस्थाले जनाएको छ । नेपाल, भारत, चीन, अफगानिस्तान, अमेरिकालगायत मुलुकको सहभागिता रहेको सम्मेलनमा तीन मुख्य विषय साहसिक खेल, साहसिक पर्यटन तथा वातावरण विषयमा विशेष छलफल हुने जनाइएको छ ।
सम्मेलन आयोजनास्थल होटल याक एण्ड यति परिसरमा साहसिक पर्यटनसम्बन्धी प्रदर्शनी पनि आयोजना गरिएको छ । साहसिक पदयात्रा, ट्राभल एजेन्सी र साहसिक पर्यटन खेलसँग सम्बन्धित करीब ३५ कम्पनीको सहभागिता छ । पर्वतारोहण र पदयात्रामा जाने सामग्री तथा साधनको प्रदर्शनी गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०७४  २२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC