site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नयाँ शक्ति नेपालको काठमाडौं जिल्ला संयोजकमा मानुषी यमी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले मानुषी यमी (भट्टराई)लाई काठमाडौं र जीवनमान मोक्तानलाई मकवानपुर जिल्लाको संयोजकको जिम्मेवारी दिएको छ ।

बिहीबार भरतपुरमा भएको नयाँ शक्ति पार्टीको प्रदेश ३ को विस्तारित बैठकले यमीलाई काठमाडौं र मोक्तानलाई मकवानपुर जिल्लाको संयोजक बनाएको हो ।  बैठकमा प्रदेश ३ का १३ वटा जिल्लाको कार्यप्रगति विवरण प्रस्तुत गरिएको थियो । बैठकले ९९ सदस्यीय प्रदेश अधिवेशन आयोजक समिति गठन गरेको छ । जसमध्ये १५ सदस्यीय संरक्षक परिषद्, ९ सदस्यीय विज्ञ परिषद र ७५ सदस्यीय कार्यकारी परिषद्सहितको समतलीय संरचना निर्माण गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बैठकले १७ वटा विभाग गठन पनि गरेको छ । जसमध्ये संगठन विभागमा सोनाम सिंह स्याङतान, प्रशिक्षण विभागमा परिवर्तन भट्टराई, सूचना सञ्चार विभागमा सुदर्शन खतिवडा, संसदीय मामिला विभागमा अकल बहादुर थिन, आंगिक तथा पेशागत संगठन फ्याक्सन इन्चार्जहरुको संयोजकमा बन्दना सुवेदीलाई विभागीय प्रमुखको जिम्मेवारी दिइएको प्रदेश ३ का इन्चार्ज गंगा नारायण श्रेष्ठले जानकारी दिए ।

बैठकमा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले देशको समृद्धिको यात्रामा अग्रसर हुन जातिवादी नभई मानवतावादी भएर सोच्न आग्रह गरेका थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०७४  २०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC