काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले नेपाली बजारमा विशेष एवं विभिन्न सुविधाहरु भएको फ्लेक्स वास वासिङ्ग मेसिन भित्र्याएको छ ।
आम नेपाली उपभोक्ताहरुको चाहना एवं आवश्यकतालाई मध्यनजर गरी उक्त उत्पादन बजारमा ल्याएको छ । सामसङले मार्च महिनाको २१, २२ र २३ गते सम्पन्न सामसङ फोरममार्फत् यो वासिङ्ग मेसिन नेपाली बजारमा ल्याएको छ ।
यसको मूल्य रु २ लाख ६९ हजार ९ सय ९९ तोकिएको छ, जसमा एयर प्युरिफायर पनि बन्डलिङको साथ प्रदान गरिने कम्पनीले जनाएको छ । यो फ्लेक्स वास वासिङ्ग मेसिनमा वासर तथा डायर, ३ के जी टपलोड, एड वास, एयर वास, भिआरटी, स्मार्ट कन्ट्रोल, एयर वास, स्मार्ट चेक, इको ड्रम क्लिन जस्ता विशेषताहरुको साथ कम भाइव्रेट गर्ने खालको प्रविधि यस वासिङ्ग मेसिनमा उपलब्ध हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच सामसङ नेपालले आफ्ना खुद्रा तथा व्यावसायिक साझेदारहरुसँग तीन दिने अन्तक्र्रियात्मक सामसङ फोरम सम्पन्न गरेको छ ।