site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
खेलकुद मन्त्रीलाई राखेपमा स्वागत
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नवनियुक्त खेलकुद मन्त्री जगत बहादुर सुनारलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । मन्त्री नियुक्ति भएसँगै राखेपका अध्यक्ष बनेका मन्त्री सुनारलाई राखेपले बिहिबार स्वागत, बधाई तथा शुभकामना दिएको हो ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मन्त्री सुनारलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पा, सदस्य सचिव केशव कुमार बिष्ट, कोषाध्यक्ष शैलेस कर्माचार्य, राष्ट्रिय खेलकुद परिषदका सदस्यहरु, कर्मचारीहरु, राष्ट्रिय संघका पदाधिकारीहरु लगायतले खादा तथा माला लगाएर स्वागत गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

राखेपको स्वागत कार्यक्रममा बोल्दै मन्त्री सुनारले युवा तथा खेलकुद मन्त्रालय खेलाडी तथा खेल क्षेत्रमा नयाँ उत्साह ल्याउने खालका कार्यहरु गर्न अगाडी बढिसकेको बताए । यस्तै मन्त्री सुनारले राष्ट्र निर्माणको महान अभियानमा खेलकुद क्षेत्र पनि लाग्नु पर्ने बताउदै नेपालमा तय भएको साग खेलकुद समयमानै सम्पन्न गर्ने तर्फ अगाडी बढ्ने बताए ।

यस्तै कार्यक्रममा राखेपका सदस्य सचिव केशव कुमार बिष्टले निर्णय गर्ने, कार्य गर्ने, योजना बनाउने र बजेट प्रदान गर्ने सवै क्षेत्रमा पहुंच भएकोले आगामी बर्ष खेलकुद क्षेत्रलाई स्वर्ण युगमा पु¥याउन अगाडी बढ्ने बताए ।

Global Ime bank

त्यस्तै कार्यक्रममा राखेपका उपाध्यक्ष लामा टेण्डी शेर्पा, सांसद एवं कबड्डी संघका अध्यक्ष तुलसा थापा, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राखेप कर्मचारी संघका महासचिव फणिन्द्र पौडेलले आआफ्ना क्षेत्रमा भएका कमि कमजोरी तथा आवश्यकतालाई मन्त्री समक्ष प्रस्तुत गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०७४  १९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC