site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गोर्खाली र आर्मी फाइनलमा भिड्ने
Ghorahi CementGhorahi Cement

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र गोर्खाली रग्बी क्लब राजधानीमा जारी पुरुष क्लब रग्बी लिगको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार मध्यपुर युथ क्लबको खेल मैदान भएको  सेमिफाइनमा आर्मीले हिमालयन टाइगर रग्बी क्लबमाथि २६–० स्कोरले हरायो । जित निकाल्ने क्रममा आर्मीले ४ ट्राई र ३ कनभर्जन किक प्रहार गरेको थियो । पहिलो हाफमा कडा चुनाती दिएको हिमालयन टाइगर दोस्रो हाफमा केही कमजोर देखिएको थियो ।

Agni Group

यस्तै अर्को सेमिफाइनलमा गोर्खाली क्लबले धुलिखेलको आकाश भैरब क्लबलाई हराउँदै आर्मीसँगको भेट पक्का ग¥यो । गोर्खालीले पहिलो र दोस्रो हाफमा १–१ स्कोर गरेको थियो । गोर्खालीका कृष्ण क्षत्री र विराट श्रेष्ठले गरेको १–१ ट्राई (१० स्कोर) जितका लागि पर्याप्त रह्यो । दुवैले एकआपसमा ट्राइका लागि मद्दत गरेका थिए ।

नेपाल रग्बी संघको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल शनिबार हुने छ । यस्तै  तेस्रो स्थानका लागि हिमालयन टाइगर र आकाश भैरबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका विजेताले ट्रफी प्राप्त गर्नेछन् । उपविजेता र तेस्रो स्थान हात पार्नेले मेडल प्राप्त गर्नेछन् ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०७४  १९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC