site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ईपीएस परीक्षाका लागि आवेदन लिन सुरु, पैसा बुझाउनै झन्झट
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जानेहरुका लागि लिइने ईपीएस परीक्षाको आवेदन लिने क्रम आज (बिहीबार)बाट शुरु भएको छ । भाषा परीक्षाको लागि फर्म भर्न चाहनेका लागि आजदेखि १७ गतेसम्म १० दिनको समय राखिएको ईपीएस कोरिया शाखाले जनाएको छ । २०३४ साल चैत १० गतेदेखि २०५६ चैत ९ गतेभित्र जन्म भएकाले फर्म भर्न सक्नेछन् ।
एचआरडी कोरियाले लाइनमा बस्ने बाध्यतालाई हटाउन गत वर्षदेखि अनलाइन आवेदन प्रणाली सुरु गरेको थियो । तर, बैंकहरुमा भने बिहीबार विहानैदेखि युवाहरु लाइनमा लागेका छन् । 
देशैभरका जुनसुकै ग्लोबल आईएमई बैंकमा २४ अमेरिकी डलर (करिब २४ सय रुपैयाँ) जम्मा गरी १० दिनभित्रमा आवेदन फर्म भर्न सकिने ईपीएस नेपाल शाखाका अधिकृत शोभाकर भण्डारीले बताए । 

फर्म भर्दा ध्यान पुर्याउन आग्रह
अनलाईनमामार्फत आवेदन फर्म भर्दा नाम, जन्ममिति पासपोर्ट अनुसारकै भर्न तथा पासपोर्ट र फोटोको स्क्यान स्पष्ट खालको गर्न कार्यालयले आग्रह गरेको छ । गत बर्ष स्पष्ट नबुझिएका आवेदनहरु फिर्ता आएको तथा रोष्टरमा नगएकाले त्यसमा सचेत रहन इपिएस शाखाले आग्रह गरेको छ । बैङ्कमा रकम बुझाएपछि यो फर्म सजिलै आफैंले निःशुल्क रुपमा भर्न सकिने भएकाले सेवा शुल्कका नाममा कालोबजारी गर्नेदेखि सचेत रहन पनि भनेको छ । नवौं इपिएस परीक्षा आगामी जेठ २६ र २७ गते काठमाडौं र पोखरामा हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०७४  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC