site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
इंग्ल्याण्ड ५८ रनमा अलआउट, न्यूजील्याण्डविरुद्ध इतिहासकै खराब प्रदर्शन
Sarbottam CementSarbottam Cement

एजेन्सी । २ खेलको टेष्ट क्रिकेटमा पाहुना टोली इंग्ल्याण्डले न्यूजील्याण्ड विरुद्ध इतिहासकै खराब प्रदर्शन गरेको छ । इंग्ल्याण्ड ५८ रनमा अलआउट भएको हो ।
न्यूजील्याण्डको इडन पार्कमा जारी टेष्ट क्रिकेटको पहिलो खेलमा इंग्ल्याण्डले २०.४ ओभरमा सबै विकेटको क्षतिमा ५८ रन मात्रै बनाउन सकेको थियो । इंग्ल्याण्डका क्र्याइग ओभरटनले ३३ रन बनाएपनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् । 

इंग्ल्याण्डका ५ जना अग्रपंतिका ब्याट्सम्यान शुन्य रनमा नै आउट भएका थिए । इंग्ल्याण्डलाई सस्तैमा अलआउट गराउन टे«न्ट बोल्ट र टीम साउथीले उत्कृष्ट प्रदर्शन गरे । बोल्टले ६ र साउथीले ४ विकेट लिए ।

Prabhu Bank
Agni Group
NIC Asia

इंग्ल्याण्डको टेष्ट क्रिकेटमा सबैभन्दा कम स्कोर अष्ट्रेलिया विरुद्ध छ । सन् १९८७ मा भएको खेलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ४५ रनमा नै अलआउट गराएको थियो । इंग्ल्याण्डले न्यूजिल्याण्ड विरुद्ध बनाएको यो छैटांै कम स्कोर हो भने न्यूजील्याण्ड विरुद्ध पहिलो पटक कम स्कोरमा समेटिएको हो ।

सन् १९९४ मा वेष्ट इन्डिज विरुद्ध इंग्ल्याण्डले ४६ रन बनाएको थियो । त्यस्तै, सन् २००९ मा पनि वेष्ट इंन्डिज विरुद्ध नै इंग्ल्याण्ड ५१ रनमा अलआउट भएको थियो । सन् १९४८ मा अष्ट्रेलिया विरुद्ध नै इंग्ल्याण्ड ५२ रनमा अलआउट भएको थियो भने अष्ट्रेलिया विरुद्ध नै सन् १८८८ मा  इंग्ल्याण्ड ५३ रनमा अलआउट भएको थियो । यसअघि सन् १९७८ मा न्यूजील्याण्ड विरुद्ध इंग्ल्याण्ड ६४ रनमा अलआउट भएको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०७४  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC