site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सेरेना मायामी ओपनको पहिलो चरणबाट बाहिरिइन्  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । पूर्व विश्व नम्बर एक अमेरिकी सेरेना विलियम्स मायामी ओपन टेनिसको पहिलो चरणबाट बाहिरीएकी छिन् । बुधबार राति भएको पहिलो चरणको खेलमा जापानकी नाओमी ओसाकासँग पराजित हुँदै सेरेना प्रतियोगिताबाट बाहिरिएकी हुन् ।

फ्लोरिडामा भएको खेलमा ओसाकाले सेरेनालाई ६ – ३ र ६ – २ को सेटमा पराजित गरेकी हुन् । गत सातामात्र इन्डियन वेल्सको उपाधि जितेकी नाओमी ओसाकाले अब चौथो बरियता प्राप्त युक्रेनी एलिना स्विटोलिनासँग खेल्ने छिन् ।

आमा बनेको ६ महिनापछि टेनिस कोर्टमा फर्किएकी सेरेनाको यो दोस्रो प्रतियोगिता हो । यसअघि सेरेनाले इन्डियन वेल्स खेल्दै टेनिस कोर्टमा फर्किएकी हुन् । उक्त प्रतियोगितामा सेरेना तेस्रो चरणसम्म पुगेकी थिइन् । सेरेनाले गत सेप्टम्बरमा छोरी एलेक्सिस ओलम्पिया ओहानियनलाई जन्म दिएकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०७४  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC