site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

पर्सा । पर्सा जिल्लामा राहदानी बनाउनेको संख्यामा कमी आएको छ । गत आर्थिक वर्षको तुलनामा चालू आवको आठ महिनामा राहदानी बनाउनेको संख्यामा १५ प्रतिशतले कमी आएको हो । 

आव २०७३/७४को साउनदेखि फागुनसम्मको आठ महिनामा जिल्ला प्रशासन कार्यालयको राहदानी शाखाबाट पाँच हजार २४६ जनालाई राहदानी वितरण गरिएकामा चालू आवको सोही अवधिमा कार्यालयबाट चार हजार ४५४ जनालाई राहदानी वितरण गरिएको कार्यालयले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

गत आवको तुलनामा चालू आवको आठ महिनामा ७९२ (१५.१ प्रतिशत) राहदानी कम वितरण भएको कार्यालयका प्रशासकीय अधिकृत एवं राहदानी शाखा प्रमुख सदनकुमार कर्णले जानकारी दिए ।  

उनले गत आवमा साधारणतर्फबाट तीन हजार ३५३ र दु्रत सेवाबाट एक हजार १०१ जनालाई राहदानी वितरण गरिएको बताए ।  

Global Ime bank

आव २०७३/७४को साउनदेखि फागुनसम्मको आठ महिनामा छ हजार ९७१ पुरुष र ८९९ महिलालाई राहदानी वितरण गरिएकामा आव २०७४/७५को सोही अवधिमा तीन हजार ८६५ पुरुष र ५८९ महिलालाई राजदानी वितरण गरिएको शाखा अधिकृत कर्णले जानकारी दिए । 
 
त्यस्तै गत वर्षको तुलनामा चालू आवमा १३।०२ प्रतिशत कम राजश्व संकलन भएको छ । गत आवमा कार्यालयले रु तीन करोड १९ लाख ६५ हजार राजश्व संकलन गरेकामा चालू आवमा रु दुई करोड ७७ लाख ७५ हजार राजश्व संकलन भएको छ । संकलित राजश्व गत आवभन्दा रु ४२ लाख ९० हजार अर्थात् १३.०२ प्रतिशत कम भएको शाखा अधिकृत कर्णले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०७४  ०७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC