site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बोको हरामको अपहरणमा परेका छात्राहरु १ महिनापछि मुक्त
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बीबीसी । नाइजेरियाको दापचीमा बोकोहरामको अपहरणमा परेका छात्राहरु घर फिर्ता भएका छन् । ११० मध्ये ७६ छात्राहरु मुक्त भएको तर बाँकीको अवस्थाबारे भने कुनै जानकारी नभएको नाइजेरियाको सूचना मन्त्रालयले बताएको छ । स्थानीयवासीहरुले बीबीसीलाई जानकारी दिँदै विद्यालयबाट अपहरित भएका छात्राहरु बुधबार बिहान फेला परेको बताएका छन् ।
एक महिना अगाडि बोको हरामले विद्यालयमा गरेको आक्रमणपछि उनीहरु हराएका थिए । गत १९ फेब्रुअरीमा दापचीमा भएको यस घटनामा पहिले त सबै छात्राहरु भाग्न सफल भएको बताइएको थियो तर लामो समयसम्म पनि उनीहरु घर नफर्किएपछि बोको हरामले अपहरण गरि लगेकोे थाहा भएको थियो । 

नाइजेरियाका राष्ट्रपति बुहारीले यस घटनालाई राष्ट्रिय संकटको अवस्था बताउँदै पीडितका परिवारसँग माफी माग्दै दुःख व्यक्त गरेका थिए ।

अपहरणमा परेका छात्रा मध्ये एकका अभिभावकले बताए अनुसार आतङ्ककारी समूहका एक लडाकूले बिहान गाडीमा आएर छात्राहरुलाई छाडेर गएका हुन् । यसरी छात्राहरुलाई त्यहाँ छाडेर ती ब्यक्ति तुरुन्तै फर्किएको बताइएको छ । अपहरणमा परेकमा छात्राहरु भने थाकेको अवस्थामा देखिएपनि घर फर्कन सकेको बताइएको छ । अर्का एक अभिभावकले पनि अपहरणमा परेकी छोरीसँग फोनमा कुरा गरेको जानकारी दिएका समाचारमा उल्लेख छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०७४  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC