site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिका १० देवीनगर (बानेश्वर) मा एक व्यक्तिको हत्या भएको छ ।

मंलबार राति मदिरा सेवन गरेको एक समुहले सर्लाही हजारीया स्थायी ठेगाना भइ काठमाडौंमा मामासँगै बस्दै आएका २३ वर्षीय पुरुषोत्तम सेढाईको हत्या गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

मृतक सेढाईका मामा श्याम हुमागाईका अनुसार उनी २ वर्षदेखी सनराइज बैंकमा ‘डाटा इन्ट्री’  को काम गरिरहेको जानकारी दिएका छन् ।

“भैरहवा जाने भएपछि भान्जाले आफ्ना केही साथीलाई कोठामै बोलाएर खानपिन गराइरहेका थिए, छुट्टिने बेलामा नजिकै बस्ने मजदुरहरुसँग के भयो,उनीहरुले छुरा हानेर हत्या गरेछन्,” मृतकका मामा श्यामले भने ।

Global Ime bank

तर सनराइज बैंकले भने उनी बैंकमा कार्यरत नभएको बताएको छ । बैंककी एचअार विभाग प्रमुख पार्वती विष्टले सेढाइँ सनराइज बैंकको कर्मचारी नभएको स्पष्ट पारिन् । 

स्रोतका अनुसार हत्या गर्ने व्यक्तिहरु एक ठेकेदारका लागि मजदुरका रुपमा काम गर्दै आएका थिए । हत्या गर्ने मजदुरहरुले पनि मापसे गरेको देखिएको प्रहरी स्रोतले जनाएको छ । 

महानगरिय प्रहरी वृत बानेश्वरका डीएसपी रवि कुमार पौडेलले छुरा प्रहार भएपछि सेढाईको त्रिवि शिक्षण अस्पताल महाराञ्जमा उपचारका क्रममा मृत्यु भएको बताए ।

घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमा गोपाल लिम्बु, रोहित चाैधरी, अशोक लिम्बु रहेका छन् । घटनामा संलग्न एकजना फरार छन् । 
*सच्याइएको 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०७४  ०९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC