काठमाडौं । यू–१९ पुरुष बिच भलिबल च्याम्पियनसिपमा खेल्न जाने नेपाली युवा टोलीलाई बिदाई गरिएको छ । नेपाल विद्यालय भलिबल कमिसनले मंगलबार २ सदस्यीय युवा खेलाडीसहितको टोलीलाई विदाई गरेको हो ।
आगामी २३ देखि २५ मार्चसम्म थाइल्यान्डको नखन पाथेममा हुने यू–१९ बिच भलिबल नेपालसहित थाइल्यान्ड, इरान, भियतनाम, श्रीलंका र कम्बोडियालगायत देशको सहभागिता रहनेछ ।
प्रतियोगितामा उत्कृष्ट ५ देशले अर्जेन्टिनामा आगमी वर्ष हुने युथ ओलम्पिक गेम्समा छनोट हुनेछन् । नेपालकोबाट बीच जोडीमा अशोक सुनार र प्रकास केसी रहेका छन् । प्रशिक्षकमा राष्ट्रिय टोलीका प्रशिक्षक समेत रहेका जगदीश भट्टले टोलीको प्रशिक्षण दिनेछन् ।
नक्सालस्थित क्राउन प्लाजामा भएको कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमन शर्मा, महासचिव जितेन्द्रबहादुर चन्द, विद्यालय कमिसनका अध्यक्ष राम केसी, सचिव लोकेन्द्र खड्का र सेन्ट डेभिस स्कुलका विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष देवी तामासाङले नेपाली टोलीलाई बिदाई गरे ।