site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्प–किम भेटवार्ताको तयारीका बीचपनि दक्षिण कोरिया र अमेरिकाले सैन्य अभ्यास जारी राख्ने 
Sarbottam CementSarbottam Cement

एजेन्सी । अमेरिकी रक्षा विभाग, पेन्टागनले सोमबार दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास आगामी अप्रिल १ देखि पुनः सुरु गर्ने बताएको छ । यता ट्रम्प र किमबीच सम्भावित भेटवार्ताको कार्यक्रम अघि बढिरहेतापनि पेन्टागनले सैन्य कार्यक्रम जारी राख्ने बताएको हो ।

गतवर्ष पनि अमेरिकी सेना र दक्षिण कोरियाको विशाल सैन्य कार्यक्रमलाई लिएर उत्तर कोरियाले गम्भीर आपत्ति जनाएको थियो भने संयुक्त राष्ट्र संघसमक्ष विदेशमन्त्री रि योङहोले चेतावनी समेत दिएका थिए । 

उक्त सैन्य अभ्यासलाई युद्धको तयारी बताउँदै उत्तर कोरियाले कार्यक्रम जारी राखेमा भयानक परिणाम भोग्नुपर्ने धम्की दिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तोमा उत्तर कोरिया र अमेरिकाबीच बैठक बस्ने तयारी भइरहँदा यो विषय झन संवेदनशील मानिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । 

गत महिनाको ओलम्पिक समारोहमा उत्तर कोरिया पनि सहभागी हुने भएपछि दक्षिण कोरियाले अमेरिकालाई सैन्य अभ्यास स्थगित गराउन आग्रह गरेको थियो । अमेरिका र दक्षिण कोरियाले यस कार्यक्रमलाई शान्तिपूर्ण र सामान्य प्रशिक्षण बताउँदै आएका छन् । त्यसैले यो अभ्यास प्रतिरक्षा प्रधान भएको हुँदा उत्तर कोरियाले चिन्ता व्यक्त गर्नुपर्ने कुनै कारण नभएको पेन्टागनका प्रवक्ता लोगानले बताएका हुन् । लामो समयदेखि यसको तरिका र प्रक्रिया परिवर्तन नगरिएको र दुवै देशले यसलाई समान्य रुपमा लिएको स्पष्ट रहेको उनको भनाइ छ । अमेरिकाले कोरियाली प्रायःद्विपको राजनीतिक अवस्था हेरेर सो कार्यक्रम सुरु नगरेकाले पनि उत्तर कोरियासँग यसको कुनै सम्बन्ध नरहेको प्रवक्ता लोगानले बताएका हुन् ।

Global Ime bank

सो कार्यक्रम अन्र्तगत अमेरिका र दक्षिण कोरियाले ‘फोल इगल’ र ‘कि रिसल्भ’ गरी दुई किसिमको अभ्यास गर्ने बताइएको छ । 

‘कि रिसल्भ’ कमान्ड र कन्ट्रोल अभ्यास हो जसमा थुप्रै कम्प्युटर र प्रविधिको प्रयोग गर्ने गरिन्छ । यसमा १२ हजार अमेरिकी सेना र १० हजार दक्षिण कोरियाली सेना सहभागी हुने लोगानले बताए । त्यसैगरी फोल इगलको प्रशिक्षणमा भने वास्तविक मैदानमा बच्ने प्रतिरक्षात्मक तरिका सम्बन्धी अभ्यास गरिने गरिएको बताइएको छ ।

यसमा ११ हजार अमेरिकी सेना र २ लाख दक्षिण कोरियाली सेनाको सहभागीता रहने गरेको छ । गतवर्षको कार्यक्रममा अमेरिकाबाट थुप्रै हातहतियार र लडाकू विमान ल्याइएको थियो । 

जसबेला अमेरिकासामु क्षमता प्रदर्शन गर्दै उत्तर कोरियाले पनि जवाफस्वरुप जापानतर्फ चारवटा ब्यालिस्टिक मिसाइल परीक्षण गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०७४  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC