site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
गद्दाफीबाट अवैधानिक आर्थिक सहयोग लिएको आरोपमा फ्रान्सका पूर्वराष्ट्रपति गिरफ्तार
Sarbottam CementSarbottam Cement

एजेन्सी । लिबियाका क्रान्तिकारी राजनीतिज्ञ मुअम्मर गद्दाफीबाट अवैधानिक रुपमा आर्थिक सहयोग लिएको आरोपमा प्रहरीले फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई गिरफ्तार गरेको छ । 

२००७ मा राष्ट्रपति चुनाव अभियानका समयमा भएको यस घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि पनि पुलिसले यही मुद्दामा उनीसँग सोधपुछ गरिसकेको थियो तर उनले भने सबै आरोपलाई गलत ठहर गर्दै आएका छन् । २००७ –१२ सम्म राष्ट्रपति पदमा रहेका सार्कोजी त्यसपछि भने सत्तामा रहन असफल भएका थिए ।

अहिले पेरिसको पश्चिमी शहरमा उनीमाथि अनुसन्धान भइरहेको बताइएको छ । 

Global Ime bank

२०१३ मा पनि फ्रान्सेली पुलिसले गद्दाफीकै मुद्दामा उनीविरुद्ध अनुसन्धान थालेको थियो । उनले भने सो आरोप राजनीतिक फाइदाका लागि सुरु गरिएको दोष लगाउँदै आएका छन् । गिरफ्तार भएका सार्कोजीलाई ४८ घण्टासम्म पुलिसथानामै राखिने बताइएको छ । 

स्थानीय संचार माध्यमले बताएअनुसार लिबिया सम्बन्धि मुद्दामा उनीमाथि अनुसन्धान भएको यो पहिलो पटक हो । यसरी फ्रान्समा  पूर्वराष्ट्रपति गिरफ्तार भएको पनि पहिलो घटना रहेको बताइएको छ । वास्तवमा २०१६ मा फ्रेन्च तथा लिबियाका व्यवसायी जियाद तोकिएदिनेले यसबारे सबैभन्दा पहिलो जानकारी दिएका थिए । 

सो खबरका अनुसार चुनाव प्रसारका क्रममा सार्कोजीले २०० र ५०० यूरोका नोटले भरिएका तीन सुटकेस प्राप्त गरेका थिए । उनले गद्दाफीबाट कूल ६ मिलियन डलरको आर्थिक सहयोग लिएको तोकिएदिनेको दाबी छ ।

सार्कोजीले भने सो रकम पेन्टिङ बिक्री गरेर प्राप्त गरेको बताएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०७४  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC