site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पुनर्निर्मित ३ वटा  स्वास्थ्य चौकी हस्तान्तरण 
Sarbottam CementSarbottam Cement

स्स्याप्रुबेसी (रसुवा) । रसुवा जिल्लामा पुनर्निर्मित ३ वटा स्वास्थ्य चौकी हस्तान्तरणको चिठी तथा साँचो  स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्षहरुलाई  हस्तान्तरण गरिएको छ । हस्तान्तरित स्वास्थ्य चौकीमा वडा नम्बर  १ को थुमन स्वास्थ्य चौकी, वडा नं ३ मा रहेको ब्रिधिम स्वास्थ्य चौकी र वडा नं ५ मा रहेको स्याफ्रुबेसी स्वास्थ्य चौकी रहेका छन्।

करुणा फाउन्डेशन नेपालका अध्यक्ष  गोविन्दप्रसाद अधिकारीले  जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत लिला विक्रम थापालार्इ हस्तान्तरण गरेपछि उक्त पत्र तथा सॉचो जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य संस्थाका संरक्षक, गाउँपालिकाका अध्यक्षको उपस्थितिमा सम्बन्धित वडालाई बुझाइएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

गत २०७२ सालको भूकम्पपछि नेदरल्यान्डस्थित  हाम फाउन्डेशनको आर्थिक सहयोगमा करुणा फाउन्डेशन नेपालले रसुवा जिल्लाका १० वटा स्वास्थ्य चौकी पुनर्निर्माण तथा ३ वटा स्वास्थ्य चौकी मर्मत कार्यको जिम्मा लिएको थियो ।

भूकम्पमा सबैभन्दा बढी क्षति भएको १४ वटा जिल्ला मध्ये रसुवा जिल्ला पनि एक हो । यस जिल्लामा विनाशकारी भूकम्पबाट ६५२ जना मानिसहरुको मृत्यु र ६८८जना घाइते भएका थिए । जिल्लाको लगभग ९० प्रतिशत घर पनि भत्किएका थिए ।

Global Ime bank

रसुवा जिल्लामा करुणा फाउन्डेशन नेपालले विगत १० वर्षदेखि अपाङ्गता क्षेत्रमा काम गर्दै आइरहेको छ । करुणा फाउन्डेशन नेपाल अपाङ्गता क्षेत्रमा काम गर्ने भएकोले पुनर्निर्माण अपाङ्ग मैत्री हुनुपर्नेमा जोड दिँदै अरु संस्थाहरुलाई पनि अपाङ्ग मैत्री संरचना निर्माण गर्न वकालत समेत गर्दै आइरहेको छ । 

हस्तान्तरण कार्यक्रमको सभापतित्व स्याप्रु स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष तथा गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ का अध्यक्ष सिङ्गी डिन्डुप तामाङले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि रसुवा जिल्ला समन्वय समितिका उप प्रमुख छो पेमा तामाङले स्वास्थ्य चौकी पुनर्निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्। कार्यक्रमका विशेष अतिथि गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ्गनुर्पु तमाङले पुनर्निर्मित भवनहरूबाट स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाले अग्रसरता लिने प्रतिबद्धता प्रकट गरे । 

हस्तान्तरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय, रसुवाका  वरिष्ठ जनस्वास्थ्य अधिकृत, लिला विक्रम थापा स्वास्थ्य मन्त्रालय आयोजना समन्वय इकाइ (पुनर्निर्माण) का प्रविधिक सल्लाहकार, प्रदीप अधिकारी, गोसाइकुण्ड गाउँपालिका वडा नं. १ का अध्यक्ष सोनाम फुर्पु तामाङ्ग, गोसाइकुण्ड गाउँपालिका वडा नं. ३ का अध्यक्षलाक्पा ग्याल्बो तामाङ्ग, करुणा फाउण्डेसन नेपालका अध्यक्ष अधिकारी तथा रिच आउट टु फ़ाउण्डेशनकी निर्देशक लिजबेथ नागालकेर्केले मन्तव्य प्रकट गरेका थिए।
कार्यक्रममा करुणा फाउण्डेशन नेपालका सह–निर्देशक मन्दर शिखर बनर्जीले धन्यवाद ज्ञापन गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  ०७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC