site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ला लिगामा मेस्सीको २५ औं गोल, बार्सिलोनाको अपराजित यात्रा कायम 
Ghorahi CementGhorahi Cement

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । लिगमा अपराजित यात्रालाई कायम राख्ने क्रममा बार्सिलोनाले आइतबार राति एथ्लेटिको बिल्बाओलाई २ – ० ले हराएको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र पाको एल्कासारले समान एक एक गोल गरे । बार्सिलोनाले जितको लागि दुवै गोल पहिलो हाफमा गरेको थियो । यो जितसँगै बार्सिलोनाले आफ्नो अपराजित यात्रा २९ खेलसम्म पुराएको छ । बार्सिलोनाले २९ खेलमा २३ खेलमा जित र ६ खेलमा बराबरी गरेको छ ।
क्याम्प नाउमा बिल्बाओबिरुद्ध एकतर्फी खेल खेलेको बार्सिलोनाले आठौं मिनेटमा एल्कासारको गोलबाट अग्रता बनाएको थियो । खेलको ३० औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । योसँगै मेस्सीले ला लिगामा सिजनको २५ औं गोल गर्न सफल भए । मेस्सी यो सिजन ला लिगामा सर्वा्धिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा समेत छन् ।

Agni Group

पहिलो हाफमा २ – ० ले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप गोल गर्न सकेन । तर, बार्सिलोनाले बिल्बाओको पोष्टमा एक दर्जन आक्रमण गरेको थियो । जसमा बार्सिलोनाका फिलिपे कौटिन्होको दुई प्रहार क्रसबारमा लागेर फर्किएको थियो भने पाउलिन्होले एक प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

यो जितसँगै बार्सिलोनाले लिगमा ११ अंकको अग्रता समेत कायम गरेको छ । लिग लिडर बार्सिलोनाले २९ खेलबाट ७५ अंक जोडेको छ । पराजित बिल्बाओ ३५ अंक जोडेर लिगको १३ औं स्थानमा छ । ला लिगाको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ६४ अंक छ । एथ्लेटिको आइतबार राति भिल्ला रियलसँग २ – १ ले पराजित भएको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  ०७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC