site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘बर्दी फुकालेर जोगी बन्छु तर कानुनमा सम्झौता गर्दिन’
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘म कानुन पालना गर्ने र गराउने कुरामा चुक्दिन, बरु बर्दी फुकालेर जोगी बन्छु । बागमती किनारमा कुटी बनाउन त पाइएला नि ! एसएसपी विश्वराज पोखरेललाई मृत्युसँग डर छैन,’ शनिबार काठमाडौंको चाबहिलमा आयोजिता नागरिक–प्रहरी अन्तरक्रियामा काठमाडौंका एसएसपी विश्वराज पोखरेलले नागरिकहरुको बीचमा भने । लगातार २ घण्टा नागरिकका प्रश्न, गुनासा, जिज्ञासा र आरोप सुनिसकेपछि पोखरेल केही भावुक र केही कठोर मुद्रामा प्रस्तुत भए । 

मुलुकमा परिवर्तन आएपछि प्रहरी पनि व्यावसायिक र लोकतान्त्रिक चरित्रको बन्ने प्रक्रियामा रहेको बताउँदै उनले शान्ति, सुशासन र अमनचयनका लागि प्रहरी लागिपरेको बताए । अपराधका हिसाबले काठमाडौं डरलाग्दो अवस्थामा गइरहेको बताउँदै उनले आम नागरिकलाई सुरक्षामा खतरा हुने विषयमा प्रहरीलाई सूचना दिन आग्रह पनि गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौंमा लागु औषधको व्यापार र प्रयोग, गुण्डागर्दी, बलात्कार, महिला हिंसा र भ्रष्टाचार बढेको स्वीकार गर्दै एसएसपी पोखरेलले त्यसलाई न्यूनीकरण गर्न प्रहरी सक्रिय भइसकेको बताए । 

सार्वजनिक सुनुवाइ कार्यक्रमका एक सहभागी प्रवेश लामिछानेले साँझको समयमा तेस्रोलिंगीले आतंक मच्चाएको गुनासो गरे । रेनु गिरीले काठमाडौंमा अबेर साँझ महिलालाई एक्लै हिँड्ने वातावरण नभएको गुनासो गरिन् । कतिपय सहभागीले प्रहरीले नै गुण्डाहरुको संरक्षण गरेको आरोप लगाएका थिए । होटल व्यवसायमा हुने वेश्यावृत्तिदेखि टोले गुण्डासम्मको विषयमा नागरिकले प्रश्न गरेका थिए एसएसपी पोखरेललाई ।

Global Ime bank

पोखरेलले सुधार प्रहरीबाटै सुरु भएको बताउँदै राजनीतिक दलहरु, नागरिक समाज र अन्य क्षेत्रले पनि आफूलाई सच्याउन जरुरी रहेको बताए । राजनीतिक आवरणमा हुने अपराध तथा गुण्डागर्दीविरुद्ध आफू नचुक्ने उनको दाबी थियो । केही सहभागीले पोखरेललाई काठमाडौंमा केही दिन काम गरेको जस्तो देखाएर कमाउने धन्दा त होइन भन्दै आशंका पनि गरेका थिए । एसएसपी पोखरेलले आफू भ्रष्टाचार नगर्ने र नसहने प्रवृत्तिको मान्छे भएको तर्क गर्दै सरकारले दिएको बर्दी, हतियार र जिम्मेवारीको दुरुपयोग नगर्ने बताए । 

नागरिकहरुले रातिको समयमा प्रहरी सुरक्षा बलियो बनाउनुपर्ने, अवैध गर्भपतन रोक्नुपर्ने, विद्यालय क्षेत्र वरपर मदिरा प्रतिबन्ध गर्नुपर्नेलगायतका माग राखेका थिए । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०७४  ११:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC