site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जुस खुवाएर चौधरीको अनशन तोडियो
Sarbottam CementSarbottam Cement

काठमाडौँ (रासस) । विभिन्न माग राखी १८ दिनदेखि अनशनरत राष्ट्रिय जनता पार्टीका नेता रेशमलाल चौधरीले आज आफ्नो अनशन तोडेका छन् ।

गृहमन्त्री रामबहादुर थापाले चौधरी अनशनरत वीर अस्पताल पुगेर अनशन तोडाएका हुन् । कैलाली क्षेत्र नं १ बाट निर्वाचित चौधरी आफूलाई संसद् सदस्यको प्रमाणपत्र तथा शपथ ग्रहणको व्यवस्था मिलाउनुपर्ने, आफूमाथिको मुद्दा फिर्ता लिनुपर्ने, पहिचानका आधारमा संघीय सीमांकन हुनुपर्ने लगायत माग राखी अनशन बसेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अनशन तोडाउँदै  गृहमन्त्री थापाले मुद्दा र अदालती विषय बाहेकका अन्य विषयका माग पूरा गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।चौधरीले टीकापुर घटनाका दोषीलाई कारबाही हुनुपर्ने पक्षमा आफू पनि रहेको स्पष्ट पार्दै घटनाका बेला आफू बर्दिया जिल्लामा रहेको जिकिरका साथ आफू निर्दोष रहेको बताएका थिए ।

अनशन फिर्ता लिने क्रममा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो, शरत्सिंह भण्डारी लगायतका नेताहरु पनि उपस्थित थिए ।

Global Ime bank

कैलालीको टीकापुरमा विसं २०७२ भदौ ७ गते वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जनाको मृत्यु भएको घटनामा मुख्य योजनाकारको आरोप लागेपछि फरार रहेका चोधरी गत मंसिरमा सम्पन्न निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि गत फागुन १४ गते अदालतमा उपस्थित भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २, २०७४  २१:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC