site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

चितवन । सरकारले २० वर्ष पुरानो गाडी चलाउन निषेध गरेसँगै चितवनमा पनि प्रहरी प्रशासनले अवधि पूरा गरेका गाडीहरु नियन्त्रणमा लिन थालेको छ ।

प्रहरी प्रवक्ता डीएसपी प्रभुप्रसाद ढकालका अनुसार बिहीबार पहिलो दिनमा पाँच ठूला गाडी नियन्त्रणमा लिइएकोमा दुई ट्रक र तीन बस रहेका छन् । तीन बसमध्ये एउटा पुरानो स्कुल बस रहेको उनले जानकारी दिए ।

डीएसपी ढकाल भन्छन्, “जिल्लाभरि सबै प्रहरी युनिटलाई २० वर्ष पुराना गाडी नियन्त्रणका लागि निर्देशन दिएका छौँ । नियन्त्रणमा लिइएका गाडीहरु केही दिनपछि यातायात व्यवस्था कार्यालयलाई बुझाइने छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

व्यवसायी आफैँले पुराना गाडी बुझाउँदा सकारात्मक सन्देश जाने भएकाले पहिलो प्राथमिकतामा अनुरोध गरिएको उनले बताए ।

चितवन ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले अवधि पुगेका कुनै पनि सवारी साधनलाई नछाडिने बताएका छन् । उनी भन्छन्, “चितवनमा पनि सयौँको संख्यामा २० वर्ष पुराना गाडी रहेका छन् । राज्यले चालेको अभियानमा व्यवसायी सहयोगी बन्नुपर्छ ।”

Global Ime bank

फागुनमा नवीकरण चैतमा जफत

ना १ ख ६९७४ नम्बरको ट्रक पराल बोकेर पोखरा जाँदै थियो । तर, चितवन प्रहरीले कागजपत्र चेकजाँच गर्दा उक्त ट्रक २४ वर्ष पुरानो भएको पत्ता लाग्यो ।

गाडीमा ओभरलोड देखेर रोकेजस्तो माने चालकले, चालकले सबै कागजपत्र दुरुस्त रहेको बताए तर पुरानो गाडी चलाउन पाइदैन भन्दै गाडी प्रहरी कार्यालयभित्र हुलेपछि चालक दंग परे । प्रहरीले नियन्त्रणमा लियो ।

गाडी २४ वर्ष पुरानो हो तर केही महिनाअघि मात्र यातायात व्यवस्था कार्यालयमा ट्रक पुनः नवीकरण (रिन्यू) भएको थियो । यही फागुन ६ गते नवीकरण भएको कागजपत्र ट्रक चालकले देखाए पनि प्रहरीले छाडेन । २०७४ मंसिर ४ गते यातायात कार्यालय भरतपुरमा ट्रक जाँच भएको उल्लेख छ ।

सरकारको नीतिबारे व्यवसायीहरु रुष्ट भएका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्दीय उपाध्यक्ष राम सुवेदीले गाडीको वार्षिक समय अवधिभन्दा पनि कुन गाडी कति धेरै (किमी) गुडेको छ त्यसको आधारमा चलाउन रोक लगाउनुपर्ने बताए ।

उपाध्यक्ष सुवेदी भन्छन्, “सरकार आफैँ पुराना गाडी धमाधम नवीकरण गर्ने अनि पुरानो भयो अब थन्काउ भनेर व्यवसायीलाई भन्ने यो दोहोरो नीति भयो ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २, २०७४  ०९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC