site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फिफा वरियतामा नेपाल यथावत, नेपाल १६५ औं स्थानमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) को नयाँ वरियतामा नेपाल यथावत रहेको छ । फिफाले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपाल अघिल्लो महिनाकै स्थानमा यथावत रहेको हो ।

नयाँ वरियतामा परिवर्तन नभएसँगै नेपाल १६५ औं स्थानमा रहेको छ । नेपालले कुल ११६ अंक पाएको छ । नेपालले अघिल्लो महिना भने ६ स्थान माथि उक्लदै १६५ औं स्थानमा पुगेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

नयाँ वरियतामा नेपाल दक्षिण एसियाको तेस्रो स्थानमा छन् । नेपाल भन्दा माथि भारत र माल्दिभ्स रहेको छ । नयाँ वरियतामा ३ स्थान उक्लेको भारत ९९ औं र यथावत रहेको माल्दिभ्स १५० औं स्थानमा रहेका छन् ।

दक्षिण एसियामा नेपाल भन्दा तल चार राष्ट्र रहेका छन् । नेपालपछि भुटान १८८ औं  स्थानमा रहदा बंगलादेश १९७ औं स्थानमा छ  । त्यस्तै श्रीलंका २०० औं स्थानमा र दक्षिण एसियाको पुछारमा पाकिस्तान  २०३ औं स्थानमा रहेको छ ।

Global Ime bank

नयाँ वरियताको शीर्ष पाँचौ स्थानसम्म फेरवदल भएको छैन । शीर्ष स्थानमा जर्मनी यथावत रहेको छ । त्यस्तै ब्राजिल , पोर्चुगल, अर्जे्न्टिना र बेल्जियम दोस्रोबाट क्रमश पाचौं स्थानसम्म रहेको छ । नयाँ वरियतामा  पोल्याण्ड र स्पेन समान अंकसहित छैटौं र सातौं , स्वीट्जरल्याण्ड आठौं , फ्रान्स नवौं र चिली दशौंमा रहेका छन् । 

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०७४  १९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC