site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । सरकारले आज (बिहीबार)बाट २० वर्षभन्दा पुराना सार्वजनिक सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाएको छ । त्यस्ता सवारीसाधन सडकमा गुडे–नगुडेको जाँच गर्न बिहीबार बिहानैबाट तत्कालीन १४ अञ्चलका यातायात व्यवस्था कार्यालयहरूले अनुगमन गरिरहेको यातायात व्यवस्था विभागले बताएको छ । 

अनुगमनमा बिहान १० बजेसम्म पोखराबाट १० र वीरगञ्जबाट १३ वटा सार्वजनिक सवारीसाधन नियन्त्रणमा लिइएको विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए । नियन्त्रणमा लिइएका सवारीको रुट परमिट खारेजी गर्ने सरकारी व्यवस्था रहेकाले ती सवारीमा कानुनी कारबाही अगाडि बढाइएको छ ।  

पोखरा र वीरगञ्जबाहेक अन्य स्थानमा पनि सवारीसाधन नियन्त्रणमा लिइएको तर तिनको विवरण आउन समय लाग्ने भट्टराईले जानकारी दिए । 

Agni Group

२०७२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकले २० वर्षे सवारीसाधन चल्न नपाउने निर्णय गरेको थियो । उपत्यकाका ३ जिल्लामा गत वर्ष फागुनबाटै २० वर्षे सवारीसाधन सञ्चालनमा रोक लगाइँदै आएको थियो । 

तत्कालीन निर्णय बमोजिम २०७४ चैतबाट देशैभर सो नियम लागु गर्ने सरकारी व्यवस्था रहेकाले सोहीअनुरुप विभाग एक्सनमा गएको महानिर्देशक भट्टराईले बताए । 

Global Ime bank

सार्वजनिक सवारीमा मात्र लागु गरिएको यो नियम निजी, कूटनीतिक नियोग, विदेशी दातृ संस्थाका सवारीमा भने लागु भएको छैन । सार्वजनिकको तुलनामा निजीका साथै अन्य सवारीसाधनलाई सरकारले प्रदूषणलगायत अन्य शीर्षकमा बढी कर लिने गरेको छ । 

पुराना सरकारी सवारीसाधन भने तुलनात्मक रुपमा कम रहेको र टाढा यात्रा गर्नु नपर्ने भएकाले सरकारी सवारी साधनमा कडाइ नगरिएको विभागको भनाइ छ ।

वायु र ध्वनि प्रदूषण बढाएको साथै पुरानो बडी, चेसिस र पार्टपुर्जा भएका कारण यस्ता सवारीसाधनको यात्रा असुरक्षित हुने गरेकाले २० वर्ष नाघेका सार्वजनिक सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको हो । 

फलाम पुरानो हुँदैन : व्यवसायी
यता, यातायात व्यवसायीहरूले फलामको आयु तोक्नु अवैज्ञानिक भएको बताएका छन् । जतिसुकै पुराना सवारी साधनलाई पनि मर्मत गरेर सञ्चालन गर्न पाउनुपर्ने व्यवसायीहरूको भनाइ छ ।

सरकारले २० वर्षे सवारीसाधन सञ्चालनमा प्रतिबन्ध गर्दा यस्ता सवारी साधनबाट रोजिरोटी गरिरहेका हजारौं चालक, सहचालक र कण्डक्टरहरूको रोजगारी गुम्ने खतरा रहेको व्यवसायीहरूको भनाइ छ । 

“सवारी साधनको आयुभन्दा पनि इञ्जिनको अवस्था, क्षमता र गाडीको कन्डिसनको जाँच गर्नु वैज्ञानिक हुन्छ,” नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ ३ नम्बर प्रदेशका सहसंयोजक निरत्न नेवाः ले भने ।

सरकारले २ वर्षअघि नै निर्णय गरेको र विभिन्न सञ्चारमाध्यममा पटक–पटक सूचना आइसकेकाले यो नियम कार्यान्वयन गर्न सर्वसाधारण, सवारी धनी, चालक, व्यवसायी आदि सम्पूर्ण पक्षले जिम्मेवार भएर सोच्नुपर्ने विभागका महानिर्देशक भट्टराईको भनाइ छ । 

“सम्पूर्ण नागरिकको भलाइका लागि यो नियम लागु गरेका हौं,” भट्टराईले भने, “यस नियमको कार्यान्वयनमा केही पक्षले आफ्नो मात्र स्वार्थ जोड्नु हुँदैन ।”
 
     

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०७४  १७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC