राजनीति
काठमाडौं । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पदमुक्त भएका छन् । न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश पराजुलीलाई बुधबार अपरान्ह अवकाश भइसकेको जानकारी गराएको हो ।
परिषदका तर्फबाट पराजुलीलाई बुझाइएको पत्रमा २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ । पत्रमा परिषद्का सचिव नृपध्वज निरौलाले हस्ताक्षर गररेका छन् ।
न्याय परिषदमा रहेको पराजुलीको शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकतालगायतका कागजपत्रका आधारमा उमेर हदका कारण पराजुलीको कार्यकाल सकिएको परिषदको पत्रमा उल्लेख छ ।
तस्बिर, सुधीर शर्माको ट्वीटरबाट
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४ १६:५०
प्रतिक्रिया दिनुहोस्