न्यू डाइमण्ड र पुलिसको जित

न्यू डाइमण्ड र पुलिसको जित

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुल्ला महिला भलिबलमा शिवम् न्यू डाइमण्ड एकेडेमी र नेपाल पुलिस क्लबले जित हासिल गरेका छन् ।

हल्चोकस्थित एपीएफ क्लबको भलिबल कोर्टमा बुधबार भएको खेलमा न्यू डाइमण्डले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३ – ० को सेटमा पराजित गर्यो । न्यू डाइमण्डले जावलाखेलमाथि २५–१, २५–३ र २५–१० को जित निकालेको हो । न्यू डाइमण्डको यो लगातार दोस्रो जित हो ।  खेलमा न्यू डाइमण्डकी कृपा अधिकारी प्लेयर अफ द म्याच भईन् ।

यस्तै अर्को खेलमा नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३ – ० को सोझो सेटमा पराजित गर्यो । पुलिसले ढोरपाटनलाई  २५–९, २५–३ र २५–१९ ले हराएको हो । पुलिसको जितमा उत्कृष्ट प्रदर्शन गरेकी कामना विष्ट प्लेयर अफ द म्याच भईन् ।

लिगकम नकआउटको आधारमा जारी प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । विजेताले २ लाख ५० हजार प्राप्त गर्ने छन् । त्यस्तै दोस्रो हुनेले  १ लाख २५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउने छन् । यस्तै व्यक्तिगत विधामा उत्कृष्ट हुने खेलाडीले जनही ५ – ५ हजार प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस