site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
खुला विश्वविद्यालयद्वारा पहिलो ब्याचका लागि भर्ना आवेदन आह्वान
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमै पहिलोपटक खुलेको खुला विश्वविद्यालयले आफ्नो पहिलो ब्याचका लागि भर्ना आवेदन आह्वान गरेको छ ।

विश्वविद्यालयका उपकुलपति प्राडा लेखनाथ शर्माले २०७४–०७५का लागि सेमेष्टर प्रणाली अन्तर्गत भर्ना आवेदन बुधबार (आज) बाट आह्वान गरिएको जानकारी दिए । सामाजिक शास्त्र तथा शिक्षा संकाय र विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय अन्तर्गत विभिन्न लेभलका भर्नासम्बन्धी सूचना प्रकाशित गरिएको जानकारी उनले दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

शर्माका अनुसार आवेदन दिने अन्तिम मिति ०७४ चैत २१ गतेसम्म छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय वा वेबसाइट www.nou.edu.np बाट आवेदन फारम डाउनलोड गरेर admission@nou.np मा पठाउन सकिनेछ । 

विश्वविद्यालयले दिएको जानकारीअनुसार फारम भर्न एक हजार शुल्क लाग्ने छ । विश्विद्यालयका नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक सानोठिमी शाखामा गएर जम्मा गर्न सकिन्छ भने अनलाइन आवेदन भर्नेहरुका लागि नगदी भौचर स्क्यान गरी आवेदन फारमसँगै संलग्न गर्न सकिनेछ ।

Global Ime bank

उपकुलपति शर्माले यस वर्षका लागि सामाज शास्त्र अन्तर्गत अर्थशास्त्र, राजनीति शास्त्र र सोसोलोजीमा एमफिलको १.५ अर्थात् १ वर्ष ६ महिनाको कार्यक्रम ल्याइएको बताए । उनले शिक्षा संकायमा पनि डेढ वर्षे कोर्षमा एमफिलको कोर्ष रहेको बताए । जसअन्तर्गत अंग्रेजी, स्वास्थय, शिक्षा, सोसल साइन्स, गाणित तथा नेपालीको पढाइ हुनेछ ।

त्यस्तै पोस्ट ग्रेजुएट डिप्लोमा डिस्टेन्स एण्ड इ–लेभलमा एक वर्षे कार्यक्रमका लागि आवेदन आह्वान गरिएको छ । यस्तै लाइब्रेरी इन्फरमेशन मेनेजमेन्टका लागिसमेत एक वर्षे कोर्ष ल्याइएको छ ।

विश्वविद्यालयले जनाएअनुसार विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय अन्तर्गत आइसीटीमा डेढ वर्षे एमफिलको कोर्ष ल्याइएको छ भने ई–गभर्नेन्समा स्नातकोत्तरसम्मको कोर्ष लागि भर्ना खुला गरिएको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC