site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
केन्द्रीय गृहमन्त्रीलाई ६ प्रदेशका गृहमन्त्रीको गुनासो– स्रोतसाधन नहुँदा काम गर्न गाह्रो भो
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । ६ वटा प्रदेशका गृहमन्त्रीहरुले केन्द्र सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग आवश्यक स्रोतसाधनको अभावमा प्रभावकारी काम गर्न गाह्रो भएको गुनासो गरेका छन् । बुधबार (आज) सिहंदरबारस्थित गृह मन्त्रालयमा भएको छलफलमा उनीहरुले यस्तो गुनासो गरेका हुन् ।

छलफलमा २ नम्बर प्रदेशका गृहमन्त्री भने अनुपस्थित थिए । बैठकमा प्रदेश गृहमन्त्रीहरुले प्रदेशको शान्ति सुरक्षाका चुनौती, आवास, सवारी साधन र पर्याप्त जनशक्ति अभावबारे जानकारी गराएको गृहमन्त्री थापाका सल्लाहकार सूर्य सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार जवाफमा गृहमन्त्री थापाले प्रदेशमा देखिएका समस्यालाई हल गर्न केन्द्र सरकार गम्भीर रहेको बताएका थिए ।

थापाले मुलुकको शान्तिसुरक्षा र सार्वभौमिताप्रति सतर्क रहँदै शान्तिसुरक्षाको प्रबन्ध मिलाउन आग्रहसमेत गरेका थिए । ७ प्रदेशमध्ये २ नम्बर प्रदेशबाहेक सबै प्रदेशमा वाम गठबन्धनकै गृहमन्त्री छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४  १५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC