site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सोमबार यूयस बंगलाको विमान दुर्घटना भएपछि त्यसबारे जानकारी लिन नेपाल आएका बंगलादेशका नागरिक उडड्यन तथा पर्यटन मन्त्री एकेएम शाहाजहाँ कमालले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन् । 

बुधबार (आज) भएको भेटमा प्रधानमन्त्री ओलीले विमान दुर्घटनाबाट आफू पनि स्तब्ध रहेको बताएका थिए । साथै विमान दुर्घटनामा निधन भएकाहरुको शोकमा परेका बंगलादेशका प्रधानमन्त्री, सरकार र जनतालाई समवेदनासहित सहानुभूति प्रकट गरेका छन् । प्रधानमन्त्रीले घटनाको छानविनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको जानकारी समेत गराएका छन् । 

बंगलादेशका पर्यटन मन्त्रीले नेपाल सरकारले विमान दुर्घटनापछि घाइतेको उद्धार र उपचारमा देखाएको सक्रियताको प्रशंसा गरेका छन् । सोमबार बंगलादेशको राजधानी ढाकाबाट उडेकोे युएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको अर्कोदिन मंगलबार (हिजो) मन्त्री शाहाजहाँ कमाल नेपाल आएका हुन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC