उपराष्ट्रपतिको निर्वाचन ९ चैतमा

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ९ गते हुने भएको छ । निर्वाचन आयोगले बुधबार उपराष्ट्रपति निर्वाचनको मिति टुंगो लगाएको हो । मंगलबार राष्ट्रपतिको निर्वाचन सम्पन्न भर्इ विद्या भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिइसकेकी छिन् ।
उम्मेदवारी दर्ताको चैत ३ गते हुनेछ भने १ चैतका दिन मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । ३ गते उम्मेदवारी दर्ता तथा ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
चैत ९ गते शुक्रबार बिहान १० वजेदेखि अपरान्ह ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन तथा संघीय संसद भवन परिसरमा मतदान हुनेछ । राष्ट्रपतिमा महिला तथा खस आर्य समूहबाट निर्वाचित भएकाले उपराष्ट्रपतिमा त्यसबाहेक समुदायबाट हुनुपर्ने संवैधानिक प्रावधान छ ।
वाम गठबन्धनको भागवण्डामा पद परेकाले उपराष्ट्रपति दोहोरिने सम्भावना प्रबल छ । उपराष्ट्रपतिमा माओवादीका नन्दबहादुर पुन पदमा बहाल छन् ।

 

प्रतिकृया दिनुहोस