site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मर्यादामा बस्न सांसदहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  संविधान गतिशील दस्तावेज भएकोले आवश्यकता र औचित्यका आधारमा संसोधन गर्न सकिने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मत दिएका प्रतिनिधिसभा सांसद, राष्टिकयसभा तथा प्रदेशसभाका सांसदहरुलाई  प्रधानमन्त्री निवास बालुवाटारमा धन्यवाद दिने क्रममा आज प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“संविधान समयको माग अनुसार संशोधन हुन्छ,” प्रधानमन्त्री ओलीले भने, “तर देशलाई नोक्सानी हुने गरी अखण्डतामा असर पर्ने गरी संसोधन हुँदैन । देशलाई थप मजवुद तर एकतावद्ध पार्नका लागि संसोधन हुन्छ ।”

प्रधानमन्त्री ओलीले सरकालाई आतंककारी क्रियाकलाप सैह्य नहुने बताए । प्रधानमन्त्री ओलीले सरकार हिंसा र अपराध रोक्न कडाइका साथ लागिपर्ने बताए ।

Global Ime bank

“अब बलात्कारका घटना रोकिन्छन् । महिला हिंसाका विरुद्ध जागरण अभियान पनि चलाइन्छ,” प्रधानमन्त्री ओलीले भने, “कडा कानुन बनाएर कार्यन्वयन पनि गरिन्छ ।”

प्रधानमन्त्री ओलीले केही तत्वहरुले सरकार बलियो हुँदा तानशाही हुने ,लोकतन्त्र नहुने, सरकार अनुशासित भयो भने तानाशाह हुने, लोकतन्त्र नहुने, कानुनको राज भयो भने निरंकशुता हुने लोकतन्त्र नहुने जस्ता प्रचार गरेर जनतालाई भ्रमित पार्न खोजेको बताए ।

“यस्ता भ्रममा पर्नुहुँदैन,” प्रधानमन्त्री ओलीले भने, “कुनै पनि कुराको समय हुन्छ । यसरी सत्यलाई छोपेर जनालाई भ्रमित पार्ने समय सकियो । अब जनताले सत्य के हो भ्रम के हो आफै छुट्याउन सक्छन् ।”

प्रधानमन्त्री ओलीले सांसदहरुलाई मर्यादामा बस्न निर्देशन दिए । जनताको मतले आफूहरु सांसद भएकोले हरेक गतिविधि जनताको हितका लाग गर्न प्रधानमन्त्रीले सांसदहरुलाई सम्झाए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४  १५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC