site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तामाङ सञ्चार समूह काठमाडौं शाखामा नयाँ कार्यसमिति
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । तामाङ सञ्चार समूह काठमाडौं जिल्ला शाखामा नयाँ कार्यसमिति चयन भएको छ । युनिक रक्षे ग्लान तामाङको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन भएको हो ।
काठमाडौंमा बुधबार सम्पन्न तामाङ सञ्चार समूह काठमाडौं जिल्ला शाखाको दोस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । युनिकले दोस्रो कार्यकालको लागि अध्यक्षमा निरन्तरता पाएका हुन् । यसअघिको कार्यकाल पनि उनैले चलाएका थिए ।

त्यस्तै, उपाध्यक्षमा राजकुमारी जेसुम, सचिवमा मिक्साङ वाइबा र कोषाध्यक्षमा अर्जुन तामाङ निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरूमा सरोज तामाङ, दिल तामाङ, सन्तोष योञ्जन, राम तामाङ, मानकाजी तामाङ, हिरोज लोप्चन, सोम्फे पाख्रिन र सानु तामाङ रहेका छन् । एक जना सदस्य भने मनोनितबाट हुनेछन् ।

त्यस्तै, अधिवेशनले केन्द्रीय प्रतिनिधीका लागि निर्वाचित अध्यक्ष युनिक, निर्वतमान उपाध्यक्ष रोजिना दोङ र साम्मो योन्जन चुनिएका छन् । तामाङ सञ्चार समूह केन्द्रीय अधिवेशन चैत्र १० गते हुँदैछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC