site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
छानबिन समितिलाई असीमित समय, यसकारण तोकिँदैन समय
Sarbottam CementSarbottam Cement

काठमाडौं । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घना भएको यूएस बंगलाको विमान दुर्घटनाबारे छानबिन गर्न बनेको समितिले काम सुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा गठित ६ सदस्यीय उच्चस्तरीय  समितिले मंगलबार मन्त्रिपरिषद्को चिठी पाएपछि दुर्घटनाको छनबिन सुरु गरेको हो । 

समितिमा नेपाली सेनाका प्रमुख सेनानी डा. राजिव देव, क्याप्टेन के के शर्मा, क्याप्टेन सुनील प्रधान, इञ्जिनियर उद्धवप्रसाद सुवेदी सदस्य छन् भने सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।

समितिले दुर्घटनाको छानबिन सुरु गरे पनि कहिलेसम्म प्रतिवेदन बुझाउने भन्ने समयसीमा तोकिएको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

किन तोकिँदैन समयसीमा ?
हरेक विमान दुर्घटनामा छानबिन समिति गठन गर्ने गरिएको छ । तर, प्रायः कुनै पनि छानबिन समितिको समयसीमा तोकिँदैन । यूएस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा पनि उच्चस्तरीय छानबिन समिति गठन गरियो, तर समयसीमा खुलाइएन । यसबारे नागरिक उड्ययन प्राधिकरणलाई प्रश्न गर्दा आईकाओको मान्यताअनुसार नै छानबिन समितिलाई अध्ययन प्रतिवेदन बुझाउने समय नतोक्ने गरिएको बताउँछ ।

प्राधिकरणका महानिर्देशक सञ्जिव गौतम भन्छन्, “छानबिन समितिलाई निश्चित समय दिइयो भने दुर्घटनाको वास्तविक कारण खोज्नेभन्दा पनि समयभित्र कसरी प्रतिवेदन बुझाउने भन्नेतर्फ ध्यान केन्द्रित हुने भएकाले वास्तविक कारण छानविन नहुने भएकाले आईकाओले नै समयसीमा तोक्नु हुँदैन भनेको छ । सदस्य राष्ट्रका हैसियतले र वास्तविक कारण पत्ता लागोस् भनेर हामीले पनि यही विश्वव्यापी मान्यतालाई फलो गरेका हौं ।”

Global Ime bank

आईकाओको मान्यताअनुसार साधारणतयाः ९० दिनदेखि ५ महिनाभित्रमा छानबिन समितिले प्रतिवेदन बुझाइसक्नुपर्छ । महानिर्देशक गौतमले उक्त समयसीमाभित्र समितिले प्रतिवेदन बुझाउनेमा प्राधिकरण ढुक्क रहेको पनि बताए । 

कार्यान्वयन हुन्छन् छानबिन समितिका सिफारिस ?
विमान दुर्घटनाको समाचारले जति सञ्चारमाध्यममा स्थान पाउँछन्, त्यही स्थान उक्त दुर्घटनाको छानविन समितिको प्रतिवेदनले पाउँदैन । यसरी बुझाइएको प्रतिवेदन प्राधिकरणको दराजमा थन्किने गरेको आम रुपमा टिप्पणी हुने गरेको छ । 

यता, सरकार भने यसलाई स्वीकार्ने पक्षमा छैन । विषयवस्तुको अध्ययन नगरी टिकाटिप्पणी हुने गरेको प्राधिकरणका महानिर्देशक गौतमको गुनासो छ । “हाम्रो कार्यालयमा आएर हेर्न सकिन्छ, कतिपय कुरा हाम्रो अफिसियल वेबसाइटमा पनि राखिएका छन् । विमान दुर्घटनाका छानबिन समितिले दिने प्रतिवेदनको ८० प्रतिशत सुझाव हामीले पूर्ण कार्यान्वयन गर्दै आएका छौं,” गौतम भन्छन्, “१० प्रतिशत सुझाव आंशिक कार्यान्वयन हुँदै आएका छन् । बाँकी १० प्रतिशत भने चाहेर पनि लागु गर्न सकेका छैनौं ।” लागु गर्न नसकिएका सुझावमा भौतिक पूर्वाधारको विकास तथा विस्तार रहेको उनी बताउँछन् । 

हरेकजसो समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा कम्तिमा एउटा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल र काठमाडौं नजिकै डोमेस्टिक एयरपोर्ट आवश्यक रहेको सुझाव दिँदै आएका छन् । बजेट अभावमा उक्त सुझाव भने कार्यान्वयन गर्न नसकिएको विभागीय मन्त्रालय संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा बताउँछन् । 

छानबिन समितिका संयोजक तथा सदस्यलाई कति सुविधा ?
विमान दुर्घटना अध्ययनका लागि गठन हुने छानबिन समितिमा अवकाशप्राप्त पाइलट, इन्जिनियर र विभागीय मन्त्रालयका सचिवस्तरका कर्मचारी हुने गरेका छन् । यस्ता समितिका संयोजक तथा सदस्यले सरकारी कर्मचारीले खाइपाई आएको सेवा सुविधा पाउँदै आएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले ब्ल्याकबक्स र ककपिटको भ्वाइस रेकर्डरको अध्ययन तथा दुर्घटनाग्रस्त विमानका घाइते यात्रुसँगको कुराकानीपछि सकेसम्म चाँडै छानविन प्रतिवेदन बुझाउने विश्वास व्यक्त गरे । प्रायः विमान दुर्घटनामा ब्लाक बक्स भेटिने गरेपनि भ्वाइस रेकर्डर भने कमैमात्रै फेला पर्ने गरेका छन् । तर यूएस–बंगलाको विमान दुर्घटनामा भने ककपीट भ्वाइस रेकर्डरसमेत भेटिएकाले छानविन समितिलाई दुर्घटनाको यकिन कारण आउने सरोकारवाला सबै पक्षले बताएका छन् । 

पाइलट नै दोषी ?
सोमबार भएको यूएस–बंगलाको विमान दुर्घटनामा केही व्यक्ति बाँच्न सफल भए पनि यस्ता दुर्घटनामा विमानमा सवार सबैको मृत्यु हुने गरेको छ । र, अधिकांश प्रतिवेदनले पाइलटलाई नै दोषी करार गर्ने गरेका छन् । 

यूएस बंगला एयरलाइन्स के कारणले दुर्घटना भयो, यो त प्रतिवेदन आएपछि मात्रै थाहा हुनेछ । यद्यपि विमान अवतरणका लागि विमानस्थलका रनवे टुजिरो र रनवे जिरोटु दुबै खाली गरिएकाले एयर ट्राफिकले आफ्नो कुनै गल्ती नभएको बताउँदै आएको छ । पाइलटले सबै ठिक रहेको बताएको तर पनि विमान अनियन्त्रित भएर उडेपछि पटकपटक सोध्दा पनि ठिक रहेको बताउनुले पनि आफ्नो कुनै दोष नरहेको एटीसी र विमानस्थल कार्यालयको भनाइ छ । 

मन्त्रिपरिषद्को आकस्मिक बैठकले सोमबार नै युएस–बंगला विमान दुर्घटनाको छानबिन गर्न ६ सदस्यीय समिति गठन गरेको थियो । सोमबार यूएस बंगलाको विमान दुर्घटनामा ५१ जनाको मृत्यु भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC