site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘जनतालाई ५ वर्षपछि कांग्रेसलाई भोट हाल्ने बनाउनुपर्छ’
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभा तथा प्रदेश सभामा निर्वाचित भएका पार्टीका सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । बुधबार (आज) पार्टी कार्यालय सानेपामा आयोजित अभिमुखीकरणमा विज्ञहरुले सांसदहरुलाई प्रशिक्षण दिने बताइएको छ । 

उद्घाटन सत्रमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् बैठकमा जाँदा तयारी गरेर जान सांसदहरुलाई निर्देशन दिए । “विरोधका लागि विरोध गर्ने हैन, तर्कसहितको विरोध गर्नुपर्छ । समस्यालाई कसरी उठाउने भनेर अध्ययन गर्नुपर्छ, विषयवस्तुबारे बुझ्नुपर्छ,” पौडेलले भने, “सांसदहरु समसामयिक राजनीतिक, सामाजिक, आर्थिक विषयवस्तुबारे सधैं अपडेटेड रहनुपर्छ । विषयवस्तुबारे जानकार रहनुस्, थाहा छैन भन्ने विज्ञसँग सल्लाह लिनुस् ।”

Agni Group

नेमकिपाको उदाहरण दिँदै पौडेलले संसद्मा संख्या हैन, क्षमता र योग्यताका आधारमा प्रतिपक्ष बलियो हुने बताए । पुष्पकमल दाहाल सरकारको पालाको रुक्मांगद कटवाल प्रकरण स्मरण गर्दै प्रतिपक्षी बलियो भएकै कारण त्यसबेला प्रचण्डले राजीनामा दिनुपरेको बताए । 

पार्टी सभापित शेरबहादुर देउवाले जनताले अहिले कांग्रेसलाई हेरिरहेकाले जिम्मेवार हुन सांसदहरुलाई निर्देशन दिए । “अहिलेको चुनावमा कांग्रेसलाई भोट नहाल्ने जनतालाई पाँच वर्षपछिको चुनावमा भोट हाल्ने बनाउनुपर्छ,” देउवाले भने । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC